नेकपा संसदीय दलको नेतामा संयोजक प्रचण्ड सर्वसम्मत चयन

काठमाडौँ, चैत १५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको सांसद बलावती शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई दुई घण्टाको अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ । नवनिर्वाचित सांसदहरूलाई पार्टी संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता भीम रावलले बधाई ज्ञापन गर्नुभएको थियो ।

सांसद शर्माले भन्नुभयो, “पार्टीको संसदीय दलको बैठकले आज संसदीय दलको नेता सर्वसम्मत ढङ्गले चयन गर्‍यो । हामीले पार्टी संयोजकलाई संसदीय दलको नेतामा चयन गरेका छौँ ।” उहाँले अगाडि भन्नुभयो, “हामी प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले दुई जना विज्ञबाट अभिमुखीकरण तालिम पनि लियौँ । त्यसबाहेक भर्खरै निर्वाचित सदस्यहरूलाई नेताहरूले बधाई दिनुभयो ।”

बैठकले संसद्‍मा प्रभावकारी रूपमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply