चैत १५
भदौ २२ गते भएका घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न माग गरिएको छ।
उनीहरूलाई म्याद थपको निम्ति आइतबार बिहान काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा अहिले बहस जारी छ।
स्वास्थ्य समस्याका कारण टिचिङ अस्पताल महाराजगन्ज भर्ना भएका ओलीलाई ‘भर्चुअल’ रूपमा अदालतमा पेस गरिएको थियो भने लेखकलाई भौतिक रूपमै अदालतमा लगिएको थियो।
सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
