हेमा भट्ट, चैत २०, कैलाली – पेशागत बिमा अभिकर्ता संघ नेपाल, बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. सुदूरपश्चिम प्रदेश समिति दोस्रो अधिवेशन आज लम्की, कैलालीमा भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।


यस अधिवेशनमा सुदूरपश्चिम प्रदेशका १६ वटै शाखाका अभिकर्ताहरुले सक्रिय सहभागिता जनाउँदै संघको कार्य विस्तार र भविष्यका योजनाहरुमा साझा दृष्टिकोण प्रस्तुत गरेका थिए। कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख, शाखा प्रमुख, राष्ट्रिय ट्रेड युनियनका पदाधिकारी तथा बिमक नेपाल लाइफका केन्द्रिय पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो। अधिवेशनको अध्यक्षतामा संचालित कार्यक्रमले सबै उपस्थितिहरुलाई सशक्त र प्रेरणादायी बनाएको बताइयो।
अधिवेशनको मुख्य उद्देश्य प्रदेशस्तरीय नेतृत्व चयन गर्नु र संघको क्रियाकलापलाई अझ सुदृढ बनाउनु रहेको थियो। सहभागीहरुको सक्रिय बहस, अनुभव साझेदारी र रणनीतिक योजना प्रस्तुतीकरणले अधिवेशनको महत्वलाई अझ उचाई दिएको थियो।


अधिवेशनको निर्णय अनुसार, प्रदेश समितिको नयाँ नेतृत्व सर्वसम्मतिमा चयन गरिएको छ। चयन पदाधिकारीहरुको नामावली यस प्रकार रहेको छ:
अध्यक्ष:लाल बहादुर चौधरी उपाध्यक्ष:बिमला शर्मा उपाध्यक्ष:सुनिता सिंह उपाध्यक्ष:मनिषा भुल सचिव:दुर्गा देवी भट्ट सह सचिव:महेश्वरी भट्ट कोषाध्यक्ष:भवानी
सदस्य:कृष्णा खनाल,रेश्मा कुमारी राना, कृष्णा जोशी, अनिता धामी, इन्दिरा रेग्मी,सर्पराज पुडासैनी ।
नवनिर्वाचित अध्यक्ष लाल बहादुर चौधरीले आफ्नो धन्यवाद ज्ञापन गर्दै उनको भनाइ यस अधिवेशनमा देखाइएको सहभागिता र उत्साहले हामीलाई अझ जिम्मेवार बनाएको छ। नयाँ नेतृत्वको रूपमा हामी सुदूरपश्चिम प्रदेशमा बिमा व्यवसाय प्रवर्धन गर्दै अभिकर्ताहरुको हित र संगठनको मजबुतीमा निरन्तर काम गर्नेछौं। हामी सदस्यहरुलाई प्रशिक्षण, जागरूकता कार्यक्रम र सेवा विस्तार मार्फत संघको योगदान अझ प्रभावकारी बनाउने प्रतिबद्धतामा छौं। सदस्यहरुको सहयोग र सक्रिय सहभागिताले हाम्रो योजना सफल हुनेछ।


प्रदेशभरिका अभिकर्ताहरुको उत्साहजनक सहभागिता, अनुभव साटासाट र सहकार्यले यो अधिवेशनलाई सुदूरपश्चिम प्रदेशको बिमा व्यवसाय र पेशागत संघको इतिहासमा यादगार बनाएको छ। अधिवेशनले संघको भविष्यका गतिविधिहरूको लागि स्पष्ट दिशानिर्देश र साझा लक्ष्य निर्धारण गरेको छ। संघका पदाधिकारीहरुले अब सदस्यहरुलाई अझ सशक्त बनाउन, व्यवसायिक सीप वृद्धि गर्न र समाजमा बिमा सेवाको महत्वलाई प्रभावकारी रुपमा पुर्याउन योजना तयार पारेको उल्लेखनीय छ।
यस अधिवेशनले सुदूरपश्चिम प्रदेशको बिमा व्यवसाय र पेशागत संघको विकासको यात्रामा एक महत्वपूर्ण मोडको रूपमा योगदान पुर्याएको छ।
