चैत २० गते
धनगढी – विवादास्पद व्यवसायी लाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सरकारले पक्राउ गरेपछि देशभर राजनीतिक र सार्वजनिक वृत्तमा सकारात्मक प्रतिक्रिया देखिन थालेको छ। भ्रष्टाचार नियन्त्रणतर्फ सरकारको यो कदमलाई धेरैले ठोस र साहसिक निर्णयका रूपमा लिएका छन्।
यसै सन्दर्भमा गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद ले उक्त कारबाहीको खुलेर स्वागत गरेका छन्। उनले यो कदमले भ्रष्टाचारविरुद्ध नयाँ आशा जगाएको उल्लेख गर्दै राज्य संयन्त्र अब प्रभावशाली व्यक्तिहरूको दबाबमा नपर्ने सन्देश दिएको बताएका छन्।
गुरुङका अनुसार भट्टमाथि ठूला सार्वजनिक खरिद, जलविद्युत् आयोजना, बैंक तथा बिमा कम्पनीका लाइसेन्स वितरण, साथै बजेटमार्फत करका दरसमेत प्रभावित पार्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको थियो। यस्ता विषयमा विगतका सरकारहरू मौन बसेको आरोप लगाउँदै उनले वर्तमान सरकारको सक्रियता सराहनीय रहेको बताए।
“यो कारबाहीले धेरै भ्रष्ट व्यक्तिहरूको निद हराम भएको छ,” गुरुङले प्रतिक्रिया दिँदै भने, “अब कानुन सबैका लागि बराबर लागू हुन्छ भन्ने सन्देश गएको छ।”
स्थानीयवासीहरू पनि सरकारको पछिल्लो कदमप्रति सकारात्मक देखिएका छन्। सुदूरपश्चिमका एक व्यवसायीले भने, पहिला ठूला मान्छेहरूलाई केही हुँदैन भन्ने सोच थियो, तर अहिले परिस्थिति बदलिँदै गएको महसुस भएको छ।
त्यस्तै, धनगढीकी एक युवतीले भनिन्, सरकारले यस्तै गरी निरन्तर काम गरिरह्यो भने भ्रष्टाचार घट्ने मात्रै होइन, जनतामा विश्वास पनि बढ्दै जान्छ।
विश्लेषकहरूका अनुसार पछिल्ला दिनहरूमा सरकारद्वारा गरिएका यस्ता कदमहरूले शासनप्रणालीमा पारदर्शिता र जवाफदेहिताको संकेत दिएको छ। क्रमशः ठूला मुद्दामा कारबाही अघि बढ्दै जाँदा सरकार जनताको मन जित्ने दिशामा अग्रसर भइरहेको देखिन्छ।
