सरकारी सूचना नीति सच्याउन कैलालीका पत्रकारको एकजुट आवाज

कैलाली, २६ चैत – नेपाल पत्रकार महासंघ कैलाली शाखाले सरकारी सूचनालाई केवल सरकारी सञ्चार माध्यममै सीमित गर्ने परिपत्रप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तत्काल सच्याउन माग गरेको छ।

शाखा अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न छलफलमा केन्द्रीय तथा प्रदेश पदाधिकारी, पूर्वपदाधिकारी, पूर्वअध्यक्ष, साथै स्थानीय दैनिक, साप्ताहिक र अनलाइन सञ्चारमाध्यमका सम्पादकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलले सरकारी सूचना प्रवाहमा सबै सञ्चारमाध्यमलाई समान अवसर दिनुपर्ने स्पष्ट सन्देश दिएको छ।

कार्यक्रमबाट सरकारलाई दवाव दिन प्रधानमन्त्री, सञ्चार मन्त्री र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूलाई “सरकारी विज्ञापन सबैलाई बराबरी, निजी मिडियाको सम्वर्द्धन गरौं, श्रमजीवी पत्रकारको रोजीरोटी नखोसियोस्” भन्ने सन्देशसहित मोबाइल म्यासेज पठाउने निर्णय समेत गरिएको छ।

महासंघले आफ्ना सबै सदस्यलाई उक्त सन्देश सम्बन्धित निकायमा पठाई एकताबद्ध आवाज उठाउन आग्रह गरेको छ।पत्रकारहरूको यो पहलले प्रेस स्वतन्त्रता, समान अवसर र व्यावसायिक सुरक्षाको पक्षमा सकारात्मक दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply