सम्मान र सामाजिक एकताको सन्देश बोकेको बिष्ट समाजको साधारण सभा सम्पन्न

चैत २८
धनगढीमा शनिबार बिष्ट कल्याणकारी समाज कैलालीको दोस्रो साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा समाजले आफ्नो गतिविधि मात्र होइन, सामाजिक एकता र सम्मानको संस्कृतिलाई पनि झल्काएको देखियो।

अध्यक्ष मदन सिंह बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभाको विद्यायन तथा मामिला समितिका सभापति दिवानसिंह विष्ट प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नयाँ वर्ष २०८३ का लागि तयार गरिएको भित्तेपात्रो सार्वजनिक गर्दै समाजले आफ्नो पहिचान र गतिविधिलाई थप सशक्त बनाउने संकेत दिएको छ।

कार्यक्रमको अर्को विशेष पक्ष भनेको सम्मान अर्पण थियो। समाजले बैतडीका ज्येष्ठ नागरिकहरू—८९ वर्षीया आनन्द सिंह विष्ट, ८२ वर्षीय मानसिंह बिष्ट र ८१ वर्षीय शेरसिंह विष्टलाई सम्मान गर्दै अनुभव र योगदानको कदर गरेको छ।

यससँगै, समाजका विभिन्न कार्यक्रममा योगदान पुर्‍याउने व्यक्तिहरूलाई पनि कदर गरिएको थियो। रक्तदान कार्यक्रममा आर्थिक सहयोग गर्ने ७ जना तथा भित्तेपात्रो प्रकाशनमा साथ दिने १५ जनालाई सम्मान गरिएको हो।

साधारण सभामा संस्थाका सचिव पदम विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने ४५ जना नयाँ आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो।

समापनमा अध्यक्ष बिष्टले सबै सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त र एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply