सांस्कृतिक नगरी लुम्बनीबाट ‘सुधारिएको चुल्हो’ वितरण सुरू

‘नेपाल ट्रेजर कार्बन’ले सांस्कृतिक नगरी लुम्बनीका विभिन्न नगरपालिकामा ‘सुधारिएको चुल्हो’ वितरण सुरुवात गरेको छ।

शनिवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ मा रहेको ५० घर धुरीलाई ५० चुल्हो वितरण गरेको छ । यसका साथै हप्ताभरमा २ हजार ७५५ घरपरिवरलाई सुधारिएको चुल्हो वितरण गरिने बताउँछिन् नेपाल ट्रेजर कार्बन सञ्चार संयोजक सुलोचना खतिवडा।

पाल्हीनन्दन ग्रामीण नगरपालिका, रामग्राम नगरपालिका लगायत लुम्बिनी प्रदेशको २४ वटा पालिकाका ग्रामिण क्षेत्रमा सुधारिएको चुल्हो वितरण गर्ने लक्ष्य राखेको उनले बताइन्।

पहिलो चरणमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवहाक उपमेयर कल्पना हरिजन र नेपाल ट्रेजर कार्बनका अध्यक्ष अधिकारीले संयुक्त वितरण गरेका हुन्। अध्यक्ष अधिकारीका अनुसार देशव्यापी ग्रामीण घरपरिवारमा ५ लाख सुधारिएको चुल्हो वितरण गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशबाट सुरु गरिएको अध्यक्ष अधिकारीले बताए ।

‘सुधारिएको चुल्होले कार्वन उत्सर्जन कम गर्नुका साथै जलवायु परिवर्तनको असरमा सुधार ल्याउन सक्छ,’ अध्यक्ष अधिकारीले भने, ‘घरभित्रको धुवाँ प्रदूषण कमी, दाउराको खपतमा कमी तथा पकाउने समय कम लाग्न सहयोग पुग्छ।’

कार्वन उत्सर्जन कम गरी जलवायु परिवर्तनको असरमा सुधार गर्न सुधारिएको चुल्हो प्रभावकारी रहने बताइन् कार्यवहाक उपमेयर कल्पना हरिजन।

त्यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) र नेपाल ट्रेजर कार्वन लिमिटेडबिच नगरका ग्रामीण तथा परम्परागत चुल्हो प्रयोग गर्दैआएका घरपरिवारमा सुधारिएको चुल्हो वितरण गर्ने सम्झौता रहेको छ।

सम्झौताको ६ महिनाभित्र सुधारिएको चुल्हो वितरण गर्ने लक्ष्य लिइएको संस्थाका प्रवन्ध निर्देशक समीक्षा बरालले जानकारी दिइन्। उनका अनुसार हरेक दिन धुवाँमा खाना पकाउने महिलाको स्वास्थ्य र जल बायु परिवर्तनमा टेवा पुर्‍याउने उद्देश्य रहेको बताइन्। ‘हरेक दिन धुवाँमा खाना पकाउने महिलाहरू, सास फेर्ने बच्चाहरू, आफूसँग भएको थोरै दाउरामा खर्च गर्ने परिवारहरुलाई सुधारिएको चुल्होले धेरै राहत दिने छ,’ उनले भनिन् ।

नेपाल ट्रेजर कार्बन सबैभन्दा ठूलो र निजी क्षेत्रको कार्बन अर्थतन्त्र प्लेटफर्म हो, जुन द प्रॉमिस्ड ग्रुप अन्तर्गत स्थापित छ। नेपालको अग्रणी हरित अर्थतन्त्र समूह जसको मुख्य कार्यलय ललितपुरको खुमलटारमा रहेको छ।

यस संस्थाले सन् २०२२ यता हरेक वर्ष बुद्धको जन्मस्थल लुम्बिनीमा विश्व शान्ति कार्यक्रम गर्दै आइरहेको छ।जसमा सहभागि हुन विश्वका पूर्व राष्ट्रप्रमुखहरू, कूटनीतिज्ञहरू र विश्वव्यापी नेताहरूलाई व्यक्तिगत रूपमा एकसाथ ल्याउने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply