राष्ट्रपतिसँग राष्ट्रिय सभाका अध्यक्षको भेट

काठमाडौँ, चैत २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराउनुभएको थियो ।

साथै उहाँहरूबिच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply