ऐतिहासिक धुलिखेल दरबारमा ‘प्रीति पुष्करिणी’ कविता संग्रह विमोचन

राजकाँडा- वरिष्ठ साहित्यकार खगेन्द्र गिरि ‘कोपिला’ को नवीन कृति ‘प्रीति पुष्करिणी’ कविता संग्रह ऐतिहासिक धुलिकोट दरबार परिसरमा २०८२ सालको अन्तिम आइतबारको सूर्योदयको समयमा एक विशेष समारोहबीच विमोचन गरिएको छ।
देउखुरी साहित्य तथा संस्कृति मञ्चका अध्यक्ष तथा साहित्यकार नीमबहादुर थापा, साहित्यकार महेन्द्र अतल र पत्रकार तथा साहित्यकार पुष्पराज जोशीले संयुक्त रूपमा उक्त कविता संग्रह सार्वजनिक गरेका हुन्।
कार्यक्रममा बोल्दै वक्ताहरूले ‘प्रीति पुष्करिणी’ भित्र समेटिएका कविताहरूले मानवीय संवेदना, प्रेम, प्रकृति र सामाजिक यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गरेको बताए। उनीहरूले लेखक ‘कोपिला’ को सिर्जनशीलता र साहित्यप्रतिको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त कृतिहरू आउने विश्वास व्यक्त गरे।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको धुलिकोट दरबार परिसरमा सम्पन्न उक्त विमोचन कार्यक्रमले साहित्यिक वातावरणलाई थप ऊर्जाशील बनाएको सहभागीहरूले बताएका छन्। कार्यक्रम साहित्यप्रेमी, सर्जक तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको थियो ।
सर्वदा साहित्य संगम नेपालगन्जका उपाध्यक्ष खड्गबहादुर बोहराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन देउखुरीका कवि गुरुप्रसाद कुमाल ‘बुलबुल’ ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply