लगातार चौथो कारोबार दिन पनि घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

वैशाख १०
बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

गत सोमबारदेखि घट्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो।

नेप्से १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

बुधबार ७ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ९५ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३४८ वटा धितोपत्रको एक करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर किनबेच भएको हो।

बिहीबार ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१६ वटाको घटेको छ। यस्तै, सात कम्पनी स्थिर छन्।

यसदिन पाल्पा सिमेन्ट र शिखर पावरमा सकारात्मक सर्किट लागेको छ।

उक्त कम्पनीहरूको सेयर मूल्य १४.९९ प्रतिशतका दरले बढेर प्रतिकित्ता मूल्य क्रमशः ८४४ रूपैयाँ ७० पैसा र ८०० रूपैयाँ १० पैसा पुगेको छ।

सर्वाधिक मूल्य घट्नेमा सूर्यकुन्ड हाइड्रो रहेको छ।

उक्त कम्पनीको मूल्य ११.७९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५९१ रूपैयाँ २० पैसामा झरेको छ

यसैगरी, गरिमा विकास बैंकको डिबेन्चरको मूल्य ८.४० प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार एक सय रूपैयाँ १० पैसामा सीमित भएको छ।

बिहीबार रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको चार हजार ३२० रूपैयाँमा ३० करोड ४२ लाख रूपैयाँको कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २.१३ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सोलु हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ७९५ रूपैयाँमा २६ करोड ७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये तीन समूहको परिसूचक बढेको छ बाँकी सबै १० समूहको परिसूचक घटेको छ।

यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply