फरार प्रतिवादी पक्राउ – कानुनको दायरामा ल्याउन प्रहरी सफल

हेमा भट्ट
कञ्चनपुरमा लामो समयदेखि फरार रहेका एक प्रतिवादी अन्ततः प्रहरीको नियन्त्रणमा आएका छन्। सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२-०२-३० को फैसलाले व्यक्ति बेपत्ता मुद्दामा १० वर्ष कैद सजाय र रु. ३ लाख जरिवाना तोकिएका शुक्लाफाँटा नगरपालिका-१० निवासी ४५ वर्षीय मोहन सिंह ऐरलाई प्रहरीले पक्राउ गरेको हो।

मिति २०८३-०१-१४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उनकै घरबाट नियन्त्रणमा लिएको थियो। पक्राउपश्चात उनलाई अदालतमा पेश गरी कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार कार्यालय कञ्चनपुर पठाइएको छ।

यो कारबाहीले फरार अपराधीहरूलाई कानुनको दायरामा ल्याउने नेपाल प्रहरीको प्रतिबद्धता र सक्रियता झल्काएको छ। साथै, न्याय कार्यान्वयनमा सुरक्षा निकायको महत्वपूर्ण भूमिका पुनः स्थापित भएको देखिन्छ।

यस घटनाले कानुनभन्दा माथि कोही पनि नहुने सन्देश स्पष्ट रूपमा दिएको छ। फरार अभियुक्तलाई लामो समयपछि समेत खोजी गरी पक्राउ गर्न सफल हुनु प्रहरी संगठनको पेशागत दक्षता, अनुसन्धान क्षमता र निरन्तर निगरानीको परिणाम हो। यसले पीडित पक्षलाई न्याय दिलाउने दिशामा महत्वपूर्ण उपलब्धि मानिएको छ।

सुरक्षा निकायले यस्ता फरार अभियुक्तहरूको खोजी कार्यलाई अझ तीव्र बनाउने जनाएको छ भने नागरिकलाई पनि कुनै आपराधिक गतिविधि वा फरार व्यक्तिबारे सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply