नेप्सेसँगै घट्यो कारोबार रकम

वैशाख ३०
बुधबार पनि नेप्से परिसूचक घटेको छ।

नेप्से ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा बन्द भएको हो।

नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार ४ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन २ अर्ब ८० करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३३९ वटा धितोपत्रको ५६ लाख ४३ हजार २८८ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।

यसदिन एसियन हाइड्रोपावरको मूल्य सर्वाधिक ११.४२ प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५६६ रूपैयाँ पुगेको छ।

यस्तै, एसवाई प्यानलको मूल्य ४.६२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ५५८ रूपैयाँ ९० पैसा कायम भएको छ।

सर्वाधिक मूल्य घट्नेमा धौलागिरी लघुवित्त रहेको छ।

उक्त कम्पनीको मूल्य ११.१७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ३२८ रूपैयाँमा झरेको छ

यसैगरी, झापा इनर्जीको मूल्य ६.२७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५७० रूपैयाँमा सीमित भएको छ।

बुधबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको एक हजार ५५८ रूपैयाँ ९० पैसामा २७ करोड ७९ लाख रूपैयाँको कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ३४८ रूपैयाँमा ९ करोड ८५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।

यसमध्ये व्यपार समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply