जेठ ८
शुक्रबार काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा पाँच घन्टा विद्युत आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ।
काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाद्वारा शंखमुल फिडरमा वितरण प्रणाली भूमिगत गर्न लागेकोले त्यस क्षेत्रमा विद्युत आपूर्ति बन्द हुन लागेको हो।
प्राधिकरणका अनुसार शंखमुल, बुद्धनगर क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।
निर्धारित काम समयअगावै सकिए तोकिएको समयअगावै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै मौसम प्रतिकुल भएको खण्डमा पनि विद्युत प्रणाली भूमिगत गर्ने काम नहुने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
