बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (बिहीबार)सुन-चाँदीको भाउ बढेको छ।

बुधबार तोलामा तीन हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला चार हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ५० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply