चार प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ, जेठ ९ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल चार प्रदेशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ ।

मौसमविद् विभूति पोखरेलका अनुसार अहिले उपत्यकाका विभिन्न जिल्ला काठमाडौँ, ललितपुर, धुलिखेल लगायतका जिल्लाका विभिन्न स्थानमा मेघगर्जन चट्याङ्गसहित वर्षा भइरहेको छ ।

उहाँले भन्नुभयो, “बागमती, गण्डकी, मधेस, कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको अवस्था छ । गण्डकी प्रदेश र चितवनतिर मध्यमसम्मको वर्षा देखिएको छ । कर्णाली र लुम्बिनी प्रदेशमाका हेी स्थानमा पनि वर्षा भएको देखिन्छ ।”

उहाँका अनुसार गएको २४ घण्टामा सोलुखुम्बुको लुममा १२४.२ मिलिलिटर वर्षा भएको छ ।

यसैगरी, आइतबार र पर्सी सोमबार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहर हुने सम्भावना छ ।

भोलि मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ भने पर्सी गण्डकी, बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply