राप्ती सोनारीमा रास्वपाको शक्ति प्रदर्शन, भूपेन्द्र ओलीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन

बाँके, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राप्ती सोनारी गाउँपालिकाको प्रथम पालिका अधिवेशन उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। विनौना-५ स्थित पिकनिक पार्कमा आयोजित अधिवेशनले भूपेन्द्र ओलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै संगठन विस्तारको नयाँ सन्देश दिएको छ।
पालिका तदर्थ समिति सभापति तथा अधिवेशन आयोजक समिति संयोजकसमेत रहेका भूपेन्द्र ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रम राजनीतिक उत्साह, कार्यकर्ताको बाक्लो उपस्थिति र संगठनात्मक एकताको प्रतीकका रूपमा देखिएको थियो।
अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै लुम्बिनी प्रदेश सहमहामन्त्री सीएम उपाध्याय, बाँके जिल्ला सभापति हरिपाल सिंह केसी, उपसभापति रुद्रमणि ढकाल, क्षेत्रीय तथा नगर तहका विभिन्न नेताहरूको उपस्थिति उल्लेखनीय रहेको थियो।
कार्यक्रममा बोल्ने नेताहरूले राप्ती सोनारीमा रास्वपाको जनआधार निरन्तर विस्तार भइरहेको उल्लेख गर्दै अब गाउँ–गाउँसम्म पार्टीको संगठन मजबुत बनाइने बताएका थिए। उनीहरूले नयाँ नेतृत्वले युवापुस्ताको आशा, सुशासनको एजेन्डा र वैकल्पिक राजनीतिक अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गरे।
सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमिति
सभापति भूपेन्द्र ओली उपसभापति घनश्याम बस्नेत
सचिव अमरबहादुर वली सहसचिव खगेन्द्रप्रसाद उपाध्याय कोषाध्यक्ष अस्मिता बुढा मगर सदस्य चित्रबहादुर भण्डारी,अशोक पुन, मिना पौडेल, कपिल ओली,राजमती थारु भूपति परियार अधिवेशन सम्पन्न भएसँगै नवनिर्वाचित पदाधिकारीहरूले पार्टीको झण्डा र ब्यानरसहित सामूहिक तस्वीर खिचाउँदै “राप्ती सोनारीमा वैकल्पिक राजनीतिक शक्तिलाई अझ बलियो बनाउने” प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय कार्यकर्ताहरूका अनुसार अधिवेशनले राप्ती सोनारीमा रास्वपाको संगठन थप सक्रिय र चलायमान बनेको संकेत दिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply