जेठ १५
आज गणतन्त्र दिवस मनाइँदैछ।
पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।
गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाउँछ।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहन्छ।
समारोहलाई यसपालिदेखि राष्ट्रपतिले सम्बोधन गर्नेछन्।
अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने परम्परा थियो।
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदबाटै निर्णय गरी राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरेर पत्र पठाएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
