दश महिनामा ८८ अर्ब बराबरको निर्यात

वीरगञ्ज (पर्सा), जेठ १५ गते । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले राससलाई जानकारी दिनुभयो ।

चालु आवको १० महिनामा रु ४८ अर्ब ११ करोड बराबरको भटमासको प्रशोधित तेल, रु पाँच अर्ब ३५ करोडको प्रशोधित सूर्यमुखी तेल तथा रु छ अर्ब ४२ करोड बराबरको फलफूलको रस निर्यात भएको छ ।

यसैगरी, रु तीन अर्ब तीन करोडका कपडा तथा रु दुई अर्ब २५ करोड बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply