सेयर बजारमा उत्साह भर्नै सकेन सरकारले!

जेठ १९

सेयर बजारमा जबजब उत्साह बढ्दै जान्छ, तब तब खरिददारी बढ्छ।

केही महिनायता नेप्सेमा पटक पटक उत्साह देखिन खोजे पनि त्यो क्षणभंगुरमा भइरहेको छ।

गत फागुनको निर्वाचनयता नै बजारमा उत्साह देखिएको छैन। बहुमतको सरकार बन्ने भएलगत्तै फागुन २५ गते खुलेको सेयर बजार एकै दिन ६ प्रतिशतले बढेको थियो। नेप्से १६२ अंकले बढेर २८७५ पुग्यो।

जसै सरकार बन्यो, व्यवसायीहरू पक्राउ पर्न थाले। त्यसपछि बजारको वृद्धिले निरन्तरता पाउन सकेन।

बजारमा गलत गर्नेहरू विरूद्धको कारबाहीले लगानीकर्ता डराउँछन् भने डराऊन् भन्ने शैलीमा सरकार अडिग रहेपछि क्रमशः वातावरण संग्लिँदै गयो। पक्राउ परेकामध्ये ‘असल नियत भएका’ व्यवसायी छुटेसँगै वातावरण थप सङ्लो हुँदै गयो।

बजार चैत १२ गते २९५० विन्दुसम्म पुग्यो।

अर्थमन्त्रीले पनि चैत २३ गते लगानीकर्ताहरूलाई सम्बोधन गर्दै वित्तीय अपराधमा आर्थिक पेनाल्टि लाग्ने धरपकड नहुने आश्वासन दिए। उनले सुनौला दिन आउन लागेकोले लगानीकर्ताहरूलाई प्यानिक नहुन आग्रह समेत गरेका थिए।

बजारले तत्कालै प्रतिक्रिया दियो र सोही दिन ३ प्रतिशत बजार बढ्यो। सो समय नेप्से अघिल्लो दिनभन्दा ८३ अंकले बढेर २७६० सम्म पुग्यो।

तर, त्यसको केही दिनपछि वैशाख अन्तिम साता नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमूख कार्यकारी अधिकृत पक्राउ परे। यसले पुनः बजारमा तरङ ल्यायो। बजारले ठूलो प्रतिक्रिया त देखाएन तर सामान्यदरमा घढबढ भइरह्यो।

बजारमा लगानीकर्ताहरूको आत्मविश्वास भने बढ्न सकिरहेको थिएन। बजेट आउनु अघि गत बुधबार भने बजार सामान्य बढ्यो। र, अघिल्ला दिनहरूमाभन्दा कारोबार रकममा केही सुधार देखियो।
लगानीकर्ताहरू बजेट प्रति आशावादी देखिएका थिए। तर, बजेट आएपछि सोमबार खुलेको बजार भने २६ अंकले घटेर २७५५ विन्दुमा आइपुग्यो।

बजेटबाट लगानीकर्ताहरूमा उत्साह भर्ने अर्थमन्त्रीको उदेश्य पुरा हुन सकेन।

विशेषत बजेटले गरेको दुई व्यवस्था लगानीकर्ताहरूले रूचाएनन्।

मुख्यतः सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षबाट सेयर कारोबारको पुँजीगत लाभकर बढायो।

एक वर्षभन्दा कम अवधिमा बेच्नेले अब लाभमा १० प्रतिशत र लगानी समयको एक वर्ष पछि बेच्नेले लाभमा ७.५ प्रतिशत कर तिर्नुपर्छ। यसअघि एक वर्षभन्दा कम अवधिमा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिपछि सेयर बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर लाग्थ्यो।

त्यस्तै, सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर नै अन्तिम भएको बताइएपनि यसमा लगानीकर्ताहरू दुविधा मै रहेका छन्। आय विवरण पेश गर्न पर्नेको लागि यही कर अन्तिम हुने हो की होइन की भन्ने दुविधामा अझै पनि लगानीकर्ता छन्। यसले बजारमा उत्साह जघाउनै सकेको छैन।

हुनतः व्यवहारिक रूपमा सेयर कारोबारमा पुँजीगत लाभकर नै अन्तिम नै मानेर कर दाखिला हुँदै आएको छ।

आर्थिक वर्ष २०८०–८१ मा भने प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रूपमा धितोपत्र कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए तिर्न भन्यो। यसरी तिर्न आउनेलाई ५० प्रतिशत छुट दिने समेत भनियो। सो समयदेखि नै लगानीकर्ता आत्तिदै आएका थिए।

उनीहरूले नीतिगत रूपमै यो दुविधाको अन्त्य चाहेका थिए। कर बढ्ने तर अहिले गरिएको नयाँ व्यवस्था पनि स्पष्ट नभएपछि लगानीकर्ता निराश बनेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply