हेमा भट्ट, जेठ २१
कञ्चनपुर प्रहरीले कारागार कार्यालय कञ्चनपुरबाट फरार भएका दुई जना प्रतिवादीलाई पक्राउ गर्न सफलता हासिल गरेको छ। मिति २०८२ भदौ २४ गते कारागारबाट फरार रहेका प्रतिवादीहरूलाई आज मिति २०८३ जेठ २१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा ज्यान सम्बन्धी कसुर मुद्दाका मदन चौधरी (कैद १८ वर्ष) तथा लागूऔषध खैरो हेरोइन मुद्दाका अर्जुन खड्का (कैद ५ वर्ष, जरिवाना रु. ५ हजार) रहेका छन्।
लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै कञ्चनपुर प्रहरीको सक्रियता र अनुसन्धान क्षमताको प्रशंसा गरिएको छ। यस घटनाले अपराध नियन्त्रण, कानुनको कार्यान्वयन तथा नागरिकमा सुरक्षा अनुभूति थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
