जापान सरकारद्वारा नाबालिगको सुरक्षाका लागि कडा सामाजिक सञ्जाल जाँचको आह्वान

टोकियो (जापान) जेठ २० गते । जापान सरकारले नाबालिग तथा कम उमेरका सामाजिक सञ्जाल प्रयोगकर्ताको सुरक्षाका लागि कडा उमेर प्रमाणीकरण लगायतका आवाश्यक प्रतिबन्ध लागु गरेर सामाजिक जिम्मेवारी बलियो बनाउन आह्वान गरेको छ ।

क्योडो न्यूजका अनुसार जापान सरकाले सञ्चार मन्त्रालयलाई अन्य देशमा देखिएको जस्तै पूर्ण उमेर-आधारित प्रतिबन्ध उपयुक्त नहुन सक्ने भन्दै सामाजिक सञ्जालको महत्त्व र उपयोगिता कायम रहने गरी सञ्चार उपकरणको लागि सुरक्षितरूपमा चलाउन सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । जापान सरकारको प्रतिवेदनले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यको रक्षा गर्ने र सामाजि सञ्जालमा युवाको निर्भरता कम गर्ने उद्देश्यले उपायको वैकल्पिक व्यवस्था गरिने जनाएको छ ।

यो आवाह्न प्रविधिको तिव्र विकास र सामाजिक सञ्जालको उच्च उपयोगको बिचमा आएको छ , जसले आपराधिक गतिविधिमा नाबालिगको संलग्नता सहित उनीहरूको हानिकारक प्रभाव न्युनिकरण गर्ने उपायको खोजी गर्ने जनाइएको छ । क्योडो न्यूजका अनुसार, यो प्रयास हानिकारक वेबसाइटमा पहुँच रोक्ने उदेश्यले अभिभावकको निगरानीको रूपमा आएको हो ।

गत वर्ष देखि जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले युवा प्रयोगकर्ताको सुरक्षामा सामाजिक सञ्जाल र स्मार्टफोन अपरेटिङ सिस्टमको भूमिका विस्तार गर्ने विषयमा छलफल गरिरहेको जनाइएको छ । पछिल्लो समयमा प्रस्ताव गरेका देशको सूचीमा जापान सामावेश भएको छ भने ती मध्ये धेरैले नाबालिगमा सामाजिक सञ्जालको प्रयोग सम्बन्धी कडा कानुन लागु गरेका छन् ।

फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि समाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्न कानुनी प्रक्रियालाई छिटै टुङ्ग्याउने लक्ष्य राखेको छ भने अस्ट्रेलियाले गत वर्ष १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसैगरी स्पेन र डेनमार्कले यो निर्णयमाथि विचार गरिरहेको जनाइएको छ । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply