स्वीकृतभन्दा सस्तोमा हवाई टिकट बेच्न वायुसेवा कम्पनी सहमत

असोज २२ गते । चाडपर्वमा हवाई भाडा बढेको गुनासो आएपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र पर्यटनमन्त्री खडकराज पौडेल (गनेश) को सक्रियतापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेको थियो।

छलफलमा स्वीकृत दरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र सो भाडादर आफ्नो बिक्री वितरण प्लेटफर्ममा समेत सार्वजनिक गर्ने सहमति भएको क्यानका महानिर्देशक मुकेश डङ्गोलले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *