कात्तिक १३ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला तीन हजार २०० रुपैयाँ घटेर दुई लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँ घटेको छ। बिहीबार तीन हजार ९३० रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार घटेर तीन हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस चार हजार एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।
