कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
तेस्रो संस्करणको एनपीएलमा दुवै टोली जितको खोजीमा मैदान उत्रनेछन्। जनकपुरले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार बेहोरेको छ। पोखराले भने एक खेल खेलेकोमा पराजय भोगेको छ।
शनिबार वर्षाका कारण निर्धारित खेल प्रभावित भएका थिए। लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचको पहिलो खेल रद्द भएको थियो भने विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको दोस्रो खेल पाँच–पाँच ओभरमा सीमित भएको थियो। उक्त खेलमा विराटनगर विजयी भएको थियो।
आज काठमाडौँमा वर्षाको सम्भावना कम रहेकाले खेल निर्धारित समयमै सञ्चालन हुने अपेक्षा गरिएको छ।
