डेढ करोडको लागतमा उच्चाकोटी स्टील तथा आल्मुनियम उद्योग सञ्चालनमा

२७ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरमा झण्डै डेढ करोडको लागतमा न्यू उच्चाकोटी स्टील तथा आल्मुनियम उद्योग सञ्चालनमा आएको छ । उद्योगको शनिवार निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेटीले उद्घाटन गरेका हुन् । न्यू उच्चाकोटी स्टील तथा आल्मुनियम उद्योगका प्रोप्राइटर दिपेश घर्तीले आफू हिजोको सामान्य अवस्थाबाट यो अवस्थामा पुगेकोमा धेरै खुशी लागेको बताए । १ लाख रुपैया महिनाको १० प्रतिशत व्याजमा लिएर शुरु गरेको व्यवसाय अहिले करोडमा पुगेको उनले बताए । व्यवसायका क्रममा ब्यबधान आए पनि निरन्तर लागि रहेकाले अहिले यो सफलता प्राप्त गरेको उनको भनाइ छ ।

यूवाहरुले आफ्नै देशमा केही गर्न सकिन्छ भनेर आफूले व्यवसाय सुरु गरेको उनले बताए । अहिले उद्योगमा ३५ जना कर्मचारी कार्यरत रहेको उनले बताए । चिम्नी,सोकेस,चुला,स्टीलका कुर्सी टेबुल,बेन्च,सोफा,रेलिङ्ग तथा अन्य सामानहरु उद्योगमा पाइने उनले बताए । उद्घाटन कार्यक्रममा सुदूपश्चिम प्रदेश लोक सेवा आयोगका सदस्य लक्ष्मण खड्का,जिल्ला ट्राफिक कार्यालय कैलाली प्रमुख वकिल सिंह लगायतको उपस्थिति रहेको थियो । साथै सोही क्रममा 5 स्टार यु.पि.भि.सी. उद्योगको पनि उद्घाटन गरिएको छ । जस्मा आधुनिक मेसिनद्धारा नेपालकै नं १ क्वालिटीको UPVC झ्याल,ढोका,पार्टिसन,भेन्टिलेसन, ACP ग्लेजिङ्ग,टफवन ग्लास उपलब्ध रहेको जनाइएको छ । यसमा ५ जनाका लगानी रहेको जनाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply