बैतडी डिलाशैनी ७ मा नेकपा माओवादी केन्द्रको पाटी कार्यालय स्थापना

 

धनगढी :- बैतडी नेकपा माओवादी केन्द्रले डिलाशैनी गाँउपालिमा स्थानिय तहको चुनाव प्रचार प्रसारका लागि पार्टी कार्यालय धामीगाउँ खोलेको छ । स्थानिय तहको चुनाव गतिविधि प्रचारकालागि नेकपा एमाले ,नेपाली कांग्रेस लगायत अन्य दलले पार्टी कार्यालय गोकुलेश्वर ,पंसेरा लगायत ठाउँमा सञ्चालन गरेको भए पनि माओवादी केन्द्रले डिलाशैनी गाँउपालिकाको केन्द्र सिफारिस गरिएको ठाउँ डिलाशैनी ७ धामीगाउँमा सनिवार कार्यालय उद्धघाटन गरेर चुनावी गतिविधि सञ्चालन भैरहेको माओबादी केन्द्र डिलाशैनी गाँउपालिका सचिव तिलक बहादुर मालले जानकारी दिनुभएको छ । सनिवार पार्टी कार्यालयको उद्धघाटन गर्दै माओवादी केन्द्रका युवा नेता तथा डिलाशैनी गाउँपालिका अध्यक्षका प्रत्यासी लक्ष्मी प्रसाद जोशीले डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाँउमा बनाएर छाड्ने घोषणा गरेका छन । युवा नेता जोशीले आफु योग्य र सक्षम , जनताको भावना अनुसार जनताको काम गर्न आएकोले चुनावमा भोट दिएर जिताउन डिलाशैनीका जनतालाइ अपिल गरेका छन ।

डिलाशैनी गाउँपालिकाको केन्द्र बिवाद कायमै रहेको छ जोशी गाँउपालिकाको केन्द्रका लागि बिगतदेखि आन्दोलनमा सक्रिय रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply