गौरीगंगा ६ मा माओवादी केन्द्रले आउजीलाई बनायो वडा अध्यक्ष उम्मेदवार

यज्ञराज जोशी
३ बैशाख, गौरीगंगा, कैलाली, माओवादी केन्द्र गौरीगंगा नगरपालिका वडा नं ६ ले पार्टीको तर्फबाट सन्तोष आउजी लाई वडा अध्यक्षको उम्मेदवार तय गरेको छ । शनिबार बसेको वडा कमिटीको बैठकले वडा नं ६ वडा स्तरीय उम्मेदवार टुंगो लगाएको हो ।
दलित महिला सदस्य रेखा आउजी,खुल्ला महिला सदस्यमा रीना चौधरी र धर्म राज जोशी , धनबहादुर तिरुवा गरि वडामा पार्टीको तर्फबाट सर्वसहम चयन गरेको छ । वडा अध्यक्ष पदका उम्मेदवार सन्तोष आउजीले अहिलेका जनप्रतिनिधिले वडामा विभेदकारी विकास निति अबलम्बन गरेको, उत्पिडित वर्गलाई उपेक्षा गरिएको र सिमित समुदाय बाहेक अन्य जाति वर्गलाई वडा तहको पहुच अवसरबाट वन्चित गरिएकोले गलत प्रवृति विरुद्धमा कटिबद्ध भएर निर्वाचनमा जानुपर्ने बताए छन् । जनताकाे चाहाना विपरित मनपरि ढंगले विकास निर्माणका गतिविधीले वडाको समग्र विकासमा समस्या निम्ताएको उल्लेख गर्दै वडा अध्यक्षका उम्मेदवार आउजीले सामाजिक न्यायलाई आत्मसात गर्दै कुनै पूर्वाग्रह नराखी समुन्नत वडा बनाउन निस्वार्थ रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply