सामाजिक बिकास राज्यमन्त्री रैका लाई भब्य स्वागत तथा अभिनन्दन

 

सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री एंव नेपाली काग्रेसका नेता टेक बहादुर रैका लाई गोदाबरी नगरपालिकामा भब्य स्वागत, सम्मान सहित अभिनन्दन गरिएको छ । दलित एंव पछाडि पारिएको बर्ग समुदायको नेतृत्व गर्दे राज्यको नीति निमार्ण उच्च तहमा पुग्न सफल भएको भन्दै गोदावरी नगरपालिकाका स्थानीयबासीहरुले राज्यमन्त्री रैकालाई बधाई सहित सम्मान गरेका हुन । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर बडले दलित, सिमान्तकृत एंव पछाडि पारिएको बर्ग समुदायको पक्षमा अाफूहरुले थुप्रै काम गरेकोले अागामी दिनहरुमा पनि थप ठ‍ोस निति तथा योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
गोदाबरीका सामाजिक अभियन्ता मदन नेपालीले राज्यमन्त्री रैका हाम्रा अभिभावक अग्रज नेता भएको बताउदै उहाँ अाज यो स्थानमा पुग्न सफल हुनु ,हाम्रा लागि ऐतिहासिक अवसर गौरबको कुरा भएको बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य चक्र नेपाली, गोदाबरी नगर सभापति एंव वडा नं ६ का अध्यक्ष बिर बहादुर चोखाल,सामाजिक अभियन्ता मीन परियार लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । उक्त अवसरमा दलित समुदायबाट एम.बि.बि.एस.अध्ययनका लागि छात्रवृत्ति कोटामा नाम निकाल्न सफल बरपट्टाका अर्जुन नेपालीलाई राज्यमन्त्री रैका र धनगढी नगर प्रमुख वड र स्थानीयले बधाई एंव सम्मान गर्नुभएको थियोे ।
अभिनन्दन समारोहमा रैकाको सम्मानमा सुदूरपश्चिमेली कला संस्कृति झल्कने झाँकी समेत प्रदर्शन गरिएको थियोे ।
यस क्रममा राज्यमन्त्री रैकाले स्थानियबासी,जनप्रतिनिधिहरुसंग स्थानीय समस्या,सवाल,र विकास निमार्ण सम्बन्धि छलफल र अन्तरक्रिया समेत गर्नुभएको थियोे । कार्यक्रम सिद्धराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply