महाकाली सामुदायिक वन उपभोक्ता समूह कृष्णपुर द्वारा उपभोक्तालाई सीप सिकाई आत्मनिर्भर बनाउदै एकै दिन बिबिध तीन कार्यक्रम को उद्घाटन

धनबहादुर बिक
कञ्चनपुर, सामुदायिक वन समिति लाई प्राय वन जंगल को सुरक्षा गर्ने , वन डढेलोबाट जोगाउने तथा उपभोक्तालाई घाँस दाउरा उपलब्ध गराउने बुझ्ने गरिन्छ तर जिल्लाको कृष्णपुर नगरपालिका ६ स्थित एक सामुदायिक वन समितिले उपभोक्तालाई विभिन्न सीप सिकाई आत्म्निर्भर तर्फ जोड दिएको छ ।
समितिले सोमबार एक कार्यक्रम को आयोजना गरि एकै दिन तिन ओटा शिपमुलक कार्यक्रम को उद्घाटन गरेको छ ।
१० दिने दुना टपरी तालिम , एक महिने बेत बाँस फर्निचर तालिम र एक महिने लेहङ्गा चोलि पोषाक निर्माण सम्बन्धि वन उपभोक्ता समूह का उधमि महिला हरूलाई उक्त तालिम दिन लागिएको समितिका अध्यक्ष बिर बहादुर राजवंशी ले जानकारी दिए ।
वन ऐन २०७६ ले निर्दिष्ट गरे अनुसार वन उपभोक्ता समूह मा ५१ प्रतिशत महिलालाई सामुदायिक कार्यक्रममा जोड्नुपर्ने नीति लाई कार्यनयन गर्न का निमित्त महिलालाई जागरुक बनाउन महिला सशक्तीकरण का कार्यक्रम विभिन्न सिपमुलक कार्यक्रम हरू सृजना गर्ने समितिको निर्णय अनुरूप तीन ओटा कार्यक्रम को आयोजना गरिएको अध्यक्ष राजवंशी ले बताए ।
वन समितिको आर्थिक बर्ष बिनियोजित कुल रकम को ३७.५ प्रतिशत रकमबाट महिला सशक्तीकरण , उधम विकास तथा गरिबी न्युनिकरण का निम्ति शिपमुलक कार्यक्रम गर्न लागिएको हो भने समितिको संस्थागत विकास मा पनि ३७.५ प्रतिशत बिनियोजित गरि कार्यक्रम गरिएको छ त्यसैगरी सामुदायिक वन विकास अन्तर्गत वन संरक्षण मा २५ प्रतिशत रकम बिनियोजित गरि कार्यक्रम सञ्चालन गर्दै आएका छौ अध्यक्ष ले भने ।
हरेक मन्दिर तथा घरमा आयोजना गरिने पुजा होस वा भोज भतेर मा दुना टपरी को प्रयोग हुने गर्छ त्यसैले दुना टपरी तालिम्को आयोजना गरिएको हो भने लोप हुँदै गइरहेको थारु अहिल संस्कृति का पोसाक लेहेङा चोली निर्माण गर्न तर्फ वन समिती ले जोड दिदै एक महिने तालिमको आयोजना गरेको हो । यस्तै समितिले बेत बाँस बाट निर्माण हुने फर्निचर निर्माण जस्तो सीप लाई पनि व्यवसायीक रूपमा अघि सारेको छ , समितिले बेत बाँस फर्निचर निर्माण का लागि एक महिने तालिमको आयोजना गरेको छ ।
समाजमा पछाडि परेका र पारिएका विपन्न लक्षित वर्गलाई सीप सिकाई व्यवसायीक रूपमा विकास गरी आत्मनिर्भर तर्फ जोड्न खोजिएको समिति का सहसचिव सीता चौधरीले बताईन ।
१ सय ९७.५७ हेक्टरमा फैलिएको महाकाली सामुदायिक वन क्षेत्र अन्तर्गत वसन्तपुर टोल ,उत्तर बनजरिया , दक्षिण बनजरिया टोल का अति विपन्न महिला हरू लाई सहभागी गराई उक्त तालिमको आयोजना गरिएको छानवीन समिति संयोजक गणेश बहादुर बुडायकले बताए । गरिवि को रेखामुनि रहेका समुदाय लाई आत्मनिर्भर बनाउन समितिले ल्याएको सिपमुलक तालिम अत्यन्तै प्रभावकारी रहेको वसन्तपुर टोल संयोजक सीता कठायतले बताईन ।
यश अघि पनि समितिले विगत केही बर्ष देखि उधम विकास कार्यक्रम अन्तर्गत घुम्ति कोष , व्यवसायीक तरकारी खेति , बंगुर तथा सुँगुर पालन , कुखुरा तथा बाख्रा पालन जस्ता आयआर्जन क कार्यक्रम संचालन गर्दै आएको र अत्यन्तै प्रभावकारी रहेको समितिले जनाएको छ । सिपमुलक तालिमउद्घाटन कार्यक्रम का सभापति समिति का अध्यक्ष अध्यक्ष बिरवहादुर राजवंशी रहेका थिए भने अतिथि मा छानवीन समिति संयोजक गणेश बहादुर वुडायक, कोषाध्यक्ष कालू सिंह चौधरी , सहसचिव सीता चौधरी , वसन्तपुर टोल संयोजक सीता कठायत , उत्तर बन्जरिया टोल संयोजक विर्सना चौधरी , कार्यसमिति सदस्य रेणु चौधरी लगायत रहेका थिए कार्यक्रम को सञ्चालक सचिव रामकृष्ण चौधरी ले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply