गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौं। सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तता र अन्य सत्ता साझेदार पार्टीको पनि बैठक भएका कारण स्थगित गरिएको बैठक केहिबेर अघिदेखि सुरु भएको हो। बैठकमा महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन नेताहरु छलफलमा छन्। अहिलेसम्म पनि सिट बाँडफाँट टुंगोमा पुग्न सकेको छैन। नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दाबी नछोडेपछि सहमति हुन सकेको छैन।

उपमहानगरपालिकामा पनि दलहरुबीच आ-आफ्नै दाबीले भागवण्डा टुंगिन सकेको छैन। काँग्रेसले काठमाडौं, ललितपुर विराटनगर र पोखरामा पनि दाबी गरेको छ। तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ। माओवादी केन्द्रले भरतपुर महानगर र जनता समाजवादीले विराटनगर पाउने करिबकरिब सहमति जुटिसकेको बुझिएको छ। सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आज महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने बताए। लोकपाटी न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply