नेकपा माअ‍ोवादी केन्द्र पुनर्वास नगरपालिका बाट मेयर ६ जना र उपमेयर मा ५ जना आकाँक्षी देखिएका छन

धनबहादुर बिक
कञ्चनपुर माओवादी केन्द्र पुनर्वास नगरपालिका को नगर प्रमुख का लागि ६ जना एबं उप मेयर पदका लागि पाँच जना आकाँक्षी देखिएका छन् । माओवादी केन्द्र पुनर्वास नगरकमिटीले आयोजना गरेको बृहत बैठक बाट नगर प्रमुख पदका लागि ६ जना तथा नगर उप प्रमुख पदका लागि पाँच जनाले निम्न पदका लागि आकांक्षि जनाएका हुन ।
प्रदेश कमिटी सदस्य तथा कंचनपुर क्षेत्र नम्बर १ संयोजक दिपक बिसी , प्रदेश कमिटी सदस्य दिपक तिमिल्सिना , नगर ईन्चार्ज कञ्चन गिरी , पार्टीका ईमानदार तथा दलित युवा नेता गगन सुनार , नगर कमिटी अध्यक्ष धोखे राना र नगर कमिटी सदस्य बुद्धिमान तामाङ गरप ६ जना मेयरका आकांक्षी देखिएका छन भने उपमेयर मा प्रदेश कमिटी सदस्य तथा अघिल्लो स्थानीय निर्वाचन मा उपमेयर पदमै पराजित सीता बिक जिल्ला कमिटी सदस्य मिना बिष्ट , वाई सि एल केन्द्रीय सदस्य द्रौपति राना , प्रदेश कमिटी सल्लाहकार सदस्य तथा सहिद परिवार रिता बिक , प्रदेश सल्लाहकार सदस्य एबं सहिद परिवार खिमादेवी शर्मा गरि पाँच जना उपमेयर आकांक्षी देखिएका छन ।स्थानीय निर्वाचन लाई केन्द्रित गरि पुनर्वास नगर कमिटीले आयोजना गरेको कार्यक्रम मा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा पुर्व खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रम का सभापति नगर कमिटी अध्यक्ष धोखे रानाको रहेका थिए , कार्यक्रममा प्रदेश कमिटी सहसचिव रामबहादुर देउकर , प्रदेश कमिटी सदस्य एबं कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ संयोजक दिपक बिसी , प्रदेश कमिटी सदस्य दिपक तिमिल्सिना , प्रदेश कमिटी सदस्य बालकृष्ण ढकाल , प्रदेश सल्लाहकार सदस्य रबि थापा लगायत अतिथि रहेका थिए । नगर कमिटी सचिव सुर्य बिक ले सञ्चालन गरेको कार्यक्रम मा उपाध्यक्ष सन्तकुमार चौधरीले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply