बैतडीमा भुकम्प र आगलागी सम्बन्धीको कृतिम घटना अभ्यास नमुना प्रदर्शन

बैतडीमा भुकम्प र आगलागी सम्बन्धीको कृतिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिती बैतडी र नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको साझेदारीमा कृतिम घटना अभ्यास गरिएको हो । दशरथचन्द नगरपालिकाको सुन्दरखाली स्थीत खेल मैदानमा उक्त घटना अभ्यास प्रर्दशन गरिएको रेडक्रस जिल्ला शाखा बैतडीका कार्यक्रम संयोजक गोबिन्द बल्लभ पन्तले बताए ।

आज भएको कार्यक्रममा भुकम्प र आगलागीका बेला कसरी सुरक्षीत हुने र सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने बिषयमा नमुना प्रर्दशन गरिएको हो । कार्यक्रममा विपद व्यवस्थापनका लागी खटिने जिल्ला स्थीत सबै कार्यालयले आ–आफ्नो प्रस्तुती राखेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply