पुनर्वास नगरपालिकामा मेयरका लागि नेकपा(एस)बाट आरपि सार्की सहित ४जना सिफारिस

कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका प्रमुखका लागि पुर्व विद्यार्थी नेता तथा कंचनपुर जिल्ला कमिटी उप सचीव , युवा नेता आर पि सार्कीको नाम सिफारिस भएको छ । नेता आर पि सार्कीलाई नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) पुनर्वास कमिटीको बिस्तारि बैठकले नगर प्रमुखको उम्मेदवारका रुपमा अघि सारेको हो। कंचनपुर जिल्लाको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा प्रवेश गरेका नेता सार्की हाल नेकपा ( एस) का जिल्ला कमिटी उप सचीव भइ पार्टी तथा समाजका लागी उल्लेखनीय योगदान दिइरहेका छन । युवा नेताका रुपमा परिचय बनाएका उहाँ बिद्यार्थीहरुको हक अधिकार साथै सामाजिक विभेद एवम् विकृति बिसङ्गतिका विरुद्धमा सदैव अग्रसर रहेर आवाज उठाउदै आउनु भएको पाइन्छ ।
सानै उमेरदेखि राजनीतिमा सक्रिय नेता सार्की पुनर्वास नगरपालिका तथा समग्र कंचनपुरमा नेता कार्यकर्ता माझ लोकप्रिय देखिनु हुन्छ । उहाँ योग्य ,दक्ष र कुशल संगठकका साथै पार्टीमा लगनशील र स्पष्ट बक्ता रूपमा पनि छाप बनाएको पाइन्छ । नेता आर. पि . सार्की संगै पुनर्वास नगरपालिका प्रमुखका लागि अन्य तीन जनाको नाम सिफारिस भएको छ । प्रदेश कमिटी सदस्य स्थिर प्रसाद घिमिरे , कंचनपुर जिल्ला कमिटी उपाध्यक्ष तथा महिला नेतृत्वमा चिनपरिचित पुर्णा कुमारी गुरुङ र पार्टी जिल्ला कमिटी अध्यक्ष एवम् बहालवाला नगर प्रमुख समेत रहनुभएका जीवन राज थापा छन । भने उप प्रमुखमा टेक थापा , पार्वती हमाल र दिलिप तामाङको नाम सिफारिस भएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply