महिला तथा किशोरी हरूको आत्मरक्षा सम्बन्धि तिनदिने तालिम समापन

धनबहादुर बिक
बेलौरी महिला तथा किशोरी हरू माथि हुने हिंसा लाई न्युनिकरण गर्न कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा सञ्चालित तीन दिने आत्मरक्षा तालिम शुक्रबार समापन भएको छ । महिला विकास शाखा बेलौरी नगरपालिकाले कार्यक्रम को अायोजना गरेको हो । बेलौरी नगरपालिका स्थित महाकाली माविको हलमा आयोजना गरेको उक्त तालिममा दशवटै वडाबाट प्रतिनिधित्व हुनेगरी ३० जना महिला तथा किशोरी हरूको सहभागीता रहेको थियो ।


पछिल्लो समय बिद्यालय विमुख तथा बिद्यालय छोडेका किशोरी एबं महिला हरू मा घरेलु हिंसाजन्य घटना तथा बलात्कार का घटना देखिन थालेपछि उनिहरूलाई अात्मरक्षा सम्बन्धि तालिम संगै आत्मवल बढाउन तिनदिने परामर्श तालिमको अायोजना गरिएको महिला विकास शाखा बेलौरी नगरपालिका प्रमुख बिमला बजगाईले बताएकी छिन ।
अात्मरक्षा भनेपछि मानसिक रूपमै आफ्नो रक्षा गर्न सकिने प्रकारको तालिम प्रदान गरिएको छ बजगाईले बताईन ।
बैसाख ७ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा किशोरी तथा महिलालाई जोखिमका बेला कसरी अात्मरक्षा गर्न सकिन्छ भन्ने बिषयमा शारीरिक व्यायम एबं सो सम्बन्धित महत्त्वपूर्ण जानकारी समेत गरिएको सहभागी किरण सुनारले बताईन ।
तालिमका प्रशिक्षक समता फाउन्डेसन प्रतिनिधि धनगढी का मिलन परियार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply