गौरीगंगा ५ माओवादी केन्द्र वडा कार्यालय स्थापना

१० बैशाख, गौरीगंगा कैलाली, गौरीगंगा नगरपालिका वडा नं ५ मा माओवादी केन्द्रको वडा कार्यालय स्थापना गरिएको छ । वडा कार्यालयको उद्घाटन भक्त बहादुर विश्वकर्मा (भविष्य) ले गरेका थिए । वडा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका विश्वकर्माले माओवादीको एजेण्डामा देश रहेको भन्दै निति निर्माणकर्ता पार्टीको नेतृत्वमा देशका सबै वर्ग जातिको समुदाय र भुगोलको सहि विकास हुन माओवादी केन्द्रका उम्मेदवारको विजय आवश्यक रहेको बताएका छन् । गठबन्धनको चर्चा चलेपनि आसन्न स्थानीय तहको निर्वाचनमा गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रको झण्डा फहराउन एक्लै एक्लै लड्ने स्थिति हुन सक्ने हुँदा सबै तहका कार्यकर्ताले गाउँ टोल र बस्तीमा पार्टीको एजेण्डा पुर्याउने तथा जनजागरणका कार्यक्रम संचालन गर्नुपर्ने विश्वकर्माले बताएका थिए ।
भिम गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रकाश नेपाली, रमेश थापामगर र करन साउद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply