भिमदत्तनगरको प्रमुखमा विरेन्द्र वि सि को नाम सिफारिस

कञ्चनपुर । कञ्चनपुर जिल्ला स्थित भिमदत्त नगरपालिकाको मेयरका लागि नेकपा (माओवादी केन्द्र) भिमदत्तनगर समितिले बिरेन्द्र बिसि लाई भिमदत्त नगरपालिकाको मेयर पदमा सिफारिस गरी जिल्ला समन्वय समितिमा पठाइएको हो। २०५८ सालदेखि विद्यार्थी राजनितिमा सक्रिय बिरेन्द्र सालिन युवा नेताको रुपमा चिनिनु हुन्छ। कंचनपुर जिल्लामा बिध्यार्थी आन्दोलनकाे नेतृत्व गर्दै Ctevt पश्चिम जिल्लाकाे सचिव, अध्यक्ष हुदै देशको प्रमुख विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रिय सचिवालय सदस्य हुँदै सिटिईभिटिको केन्द्रीय संयाेजककाे जिम्मेवारी कुसलता पुर्वक निर्वाह गरिसकेका छन। प्राविधिक शिक्षा आम जनताका छाेराछाेरीले पढ्न प्राविधिक शिक्षालाई समुदायिक विध्यालयमा लागु, (जेहेन्दार ,विशेष र बर्गिकृत) छात्रवृत्ति गरेर सर्वसुलभ बनाउनुपर्ने भन्ने आन्दोलनकाे नेतृत्व सफलरुपमा गरेका छन। उहां माओवादी केन्द्र कंचनपुरको Cell, ACM , DCM, केन्द्रीय महाधिवेशन आयाेजक समिति सदस्य हुँदै विभिन्न जिम्मेवारी समेत निर्वाह गरिसकेका छन।
कञ्चनपुको भिमदत्त नगरपालिका ५ सुकासालका बासिन्दा बिसि सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय ब्यक्ती हुन। समाज रुपान्तरण गर्न आफैबाट सुरु गर्नुपर्छ भन्ने मान्यता लाई आत्मसात गर्दै मुक्ति आन्दोलनमा हाेमिएका बिसि जुझारु स्वभाव र बौद्धिक क्षमताका धनी कंचनपुर जिल्लामा मात्रै नभएर केन्द्रिय स्तरमै लोकप्रिय तथा प्रभावशाली युवा नेताको रुपमा चिनिनुहुन्छ। भिमदत्तनगरलाई 21 शताब्दी सुहाउँदो नमुना नगर बनाई जनतालाई अधिकार सम्पन्न जनसेवा गर्न आफुले उम्मेदवारी दिएकाे र हाम्रो गाैरवशाली पार्टीले न्याय गर्नेमा विश्वास व्यक्त गरे।
उहांसङ्गै भिमदत्त नगरपालिकाको मेयरका लागि कृष्ण दत्त जाेशी बाेक्सर, दशरथ भण्डारी र उपमेयरमा नारु सिह, माया नेगी , काैसल्य ओझा र अशाेक चन्द लाई सिफारिस गरि जिल्ला समन्वय समितिमा पठाइएको छ। नगर समितिले जिल्ला समन्वय समितिमा पठाएका नामहरुमा आवश्यक छलफल गरि प्रदेश पार्टी लाई जिल्लाको राय सहित पठाउने र प्रदेश पार्टीले अन्तिम टुंगो लगाउने नेकपा (माओवादी केन्द्र ) भिमदत्त नगरका सचिब दशरथ भण्डारीले जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply