शुक्लाफाँटा नगरपालिकामा गठबन्धनको तर्फबाट नगर प्रमुखमा नेकपा माओवादी केन्द्र पार्टीबाट नवराज ऐरीले उम्मेदवारी मनोनयन दर्ता

कञ्चनपुर बैशाख,१२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गठबन्धनको तर्फबाट नगर प्रमुखमा नेकपा माओवादी केन्द्र पार्टीबाट नवराज ऐरीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन । कञ्चनपुरमा माओवादी केन्द्र र समाजवादीको बिच गठबन्धनको सहमति भएको थियो । शुक्लाफाँटा नगरपालिका प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्र पार्टीबाट नवराज ऐरीले उम्मेदवारी दिएको भए पनि समाजवादी पार्टीमा उम्मेदवारको टुंगो लागेको छैन ।

शुक्लाफाँटा उप प्रमुखमा समाजवादी बाट माधव पन्तको उम्मेदवारीबारे समाजवादी पार्टीमा छलफल जारी रहेको छ ।कञ्चनपुरका माओवादी केन्द्र र समाजवादी बिच गठबन्धनमा माओवादी केद्र लाइ शुक्लाफाँटा ,लालझाडी , वेलौरी,वेल्डाडी कृष्णपुर ,समाजवादीलाई वेदकोट ,भीमदत्त ,दोधराचाँदनी,पुर्वावास नगरपालिका दिने सहमती गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply