पुनर्वासमा एमाले नेता बिस्व्कर्माले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी छाडे

 

धनबहादुर बिक
पुनर्वास, नेकपा(एमाले) का नेता बीरबल विश्वकर्माले समावेशी नीति विपरित टिकट वितरण गरिएको भन्दै पार्टीबाट छाडेका छन् । एमाले पुनर्वास नगर कमिटीका अध्यक्ष पदम पुजाराले सोमबार तीन वडामा दलित समुदायका नेताको अध्यक्षको टिकट खोसेपछि नेता विश्वकर्माले मंगलबार पार्टी छाडेका छन् । चार दशक देखि टोल कमिटी हुँदै नगर जिल्ला र प्रदेश कमिटी मा निरन्तर पार्टी ले दिएको जिम्मेवारी ईमानदारी पुर्वक वहन गर्दै आएका बिस्वकर्मा ले विगत केही समय यता पार्टी मा सिमित व्यक्ति हरूको हालिमुहाली , गुटबन्दी तथा चाकडी वाद हावि हुँदै आएको र पार्टीको संगठन मा आवद्ध सिङ्गो दलित समुदाय लाई चरम उपेक्षा गर्ने गरिएको ठहर गरि पार्टी बाट अलग रहनुको विकल्प नरहेको ठहर गरि पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी छोड्नु परेको बताएका छन ।

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई उनले राजीनामा पठाएका छन् । विहान पुनर्वासस्थित निवासमा पत्रकारहरुसित कुराकानी गरेपछि उनले पार्टी छाडेका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विश्वकर्माले दलित समुदायको बाहुल्यता भएको पालिका समेत टिकट वितरणमा उपेक्षा गरिएको गुनासो गरेका छन् । उनले गुट, चाकरी र पहुँचका आधारमा मात्रै टिकट पाइने भएपछि त्यसमा बस्नुको औचित्य नभएको राजीना पत्रमा उल्लेख गरेका छन् ।

एमालेका पूर्व मन्त्री लाल बहादुर विश्वकर्माका भाई उनी पुनर्वास नगरपालिकाको मेयरका आकाँक्षी समेत थिए । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले नगर अध्यक्ष पुजारालाई अध्यक्षको टिकट दिएको छ । प्रदेश कमिटीले मेयरको टिकट दिएका पुजाराले तीन वडाका अध्यक्षको टिकट खोसेको बताइएको छ । त्यस क्रममा विवाद हुँदा उनले नगर इन्चार्ज भारमल सुनारलाई जातीय रुपमा गालीगलौज गर्दै लात्तीले प्रहार गरेको भारमल सुनारले बताए । एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टको आडमा उनले टिकट खासेको नेताहरु बताँछन् ।

एमालेको उत्पीडित जातीय मुक्ति समाजले नगर इन्चार्ज सुनारमाथि विभेद गर्ने पुजारा सहित अन्य विरुद्ध जातीय विभेदमा मुद्दा चलाउने छलफल अघि बढाएको नेपाल उत्पीडित जातीय मुक्ति समाजका एक नेताले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply