नेकपा एमाले निकट भातृ संगठन मुक्ति समाज द्वारा पार्टी भित्र बिद्रोह को घोषणा

धनबहादुर बिक
पुनर्वास नेकपा एमाले निकटभातृ संगठन उत्पिडित मुक्ति समाज पुनर्वास नगर देखि जिल्ला कमिटी का पदाधिकारी द्वारा अन्तर पार्टी बिद्रोह को घोषणा गरेका छन। अासन्न स्थानीयतहको निर्वाचन मा पार्टीका जिम्मेवार नेता हरूले ले पार्टीको समावेशी निति विपरीत सिङ्गो दलित समुदाय लाई उपेक्षा गरेको ठहर गर्दै पार्टी निकट भातृ संगठन नेपाल उत्पिडित जातीय मुक्ति समाज पुनर्वास कमिटीले पार्टी भित्र बिद्रोह गर्ने जनाएको छ । बिहीबार पुनर्वास मा बसेको भेलाले पत्रकार सम्मेलन गरि सो कुरा जानकारी गराएको हो ।
यसैबिच पुनर्वास का थप दुई जना दलित नेताहरूले बिहीबार राजिनामा पत्र मा हस्ताक्षर गरि पार्टी लाई बुझाएका छन । नेकपा एमाले कञ्चनपुर जिल्ला सल्लाहकार परिषद सदस्य जँग बहादुर सुनार र नेकपा एमाले पुनर्वास नगर कमिटी सदस्य दानबहादुर सुनारले संयुक्तरूपमा राजिनामा पत्र मा हस्ताक्षर गरि पार्टी लाई बुझाएका छन । हस्ताक्षर गरिएको राजिनामा पत्र नेकपा एमाले कञ्चनपुर ईन्चार्ज तथा केन्द्रीय पोलिटव्युरो सदस्य निरूदेवी पाल , सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी तथा सुदूरपश्चिम प्रदेश कमिटी ईन्चार्ज लेखराज भट्टलाई बुझाएका छन ।
अासन्न स्थानीय तहको निर्वाचन क‍ सन्दर्भलाई जोड्दै नेकपा एमाले स्थानीय तह को मेयर , उप मेयर तथा अध्यक्ष मा जिल्ला कमिटीले सिफारिस गरेको नाम भन्दा फरक व्यक्तिलाई टिकट दिएको बिषयमा बिरोध जनाउन खोज्दा पुनर्वास पार्टी ईन्चार्ज भारमल सुनारलाई मेयरका उमेदवार पदम पुजारा लगायत एकदर्जन कार्यकर्ताले जातीय विभेद पुर्ण शब्द प्रयोग गरि गालिगलौच साथै हातपात गरेको निन्दनीय व्यवहार प्रति पार्टीले कुनै कार्वाही नगरि उल्टो दलित समुदाय लाई गलति देखाई दलित समुदाय लाई कमजोर पार्ने व्यवहार देखिन अाएको ले यस्तो पार्टी मा रहिरहन कुनै अौचित्य नभएको भनी राजिनामा दिनुपरेको दलित कार्यकर्ता हरूले बताएका छन ।
यस अघि सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिरबल बिस्वकर्माले पनि पार्टी भित्र देखिदै अाएको चरम गुटबन्दी चाकडीवाद र हैकमवादी व्यवहार बाट अाजित भई बैसाख १३ गते राजिनामा दिएका थिए ।
करिब ४० प्रतिशत दलितको बाहुल्यता रहेको पुनर्वास मा मेयर उपमेयर तथा वडा अध्यक्ष को उमेदवारी समेत नदिनु र पार्टी कमिटीले दिएको टिकट समेत गुन्डागर्दी शैलीमा खोसिनु अत्यन्तै निन्दनीय भएको नेता बिरबल बिस्वकर्माले बताए । नेकपा एमाले भित्र मात्रै नभई अन्य पार्टी मा समेत दलित प्रतिनिधि लाई अपमानजनक व्यवहार गरिदै अाएकोले निर्वाचन मा रहेका उमेदवार लाई कुनै सहयोग नगरि सम्पुर्ण दलित समुदाय लाई गोलबद्ध गर्दै लैजाने नेपाल दलित मुक्ति अभियान सुदूरपश्चिम प्रदेश उपाध्यक्ष दानबहादुर सुनारले बताए । दलित हक अधिकार का लागि एकजुट भई अघि बढ्छौ सुनारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply