जनताले तिरेको करबाट एकरूपैया पनि लिने छैनौ , यदि लिएको खण्डमा अामाको रगत खानेसरह हुनेछ भनी मन्दिरमा कसम खाएर उमेदवारी दिएका छौ :

 

स्थानीय निर्वाचन सन्दर्भ :-
स्थानीय निर्वाचन मिति नजिकिदै गर्दा राजनीति दल र दलका कार्यकर्ता हरू चुनावि प्रतिस्पर्धामा सक्रिय हुँदै अाएका छन ।
३४ हजार ३६ जना मतदाता सङ्ख्या रहेको पुनर्वास नगरपालिका मा निर्वाचन अाफ्नो पक्षमा परिणत गर्न राजनिती दलहरू आ- आफ्नो चुनावि नारा र घोषणापत्र सहित निर्वाचन क्षेत्रमा घरदैलोमा व्यस्त हुन थालेका छन यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ले पनि शिक्षा स्वास्थय , खानेपानी , बाटो , बिजुली बत्ती , बेरोजगार लाई रोजगारी लगायतका महत्त्वकांक्षी घोषणापत्र सहित जनतामाझ भेटघाटमा व्यस्त हुँदै अाएका छन


राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयर उमेदवार तिर्थमाया सुनार संग निर्वाचन को तयारी के कस्तो छ , जितको अाधार के हो र निर्वाचन का कार्यक्रम हरू कसरी बढिरहेको छ भनी हामिले राप्रपा उप मेयर उमेदवार सुनार संग संक्षिप्त कुराकानी गरेका छौ ।
पुनर्वास नगरपालिका ११ भिमबस्ति निवासी ३१ बर्षिय तिर्थमाया सुनार विगत लामो समयदेखि अाफ्नो समुदायको हकहितका लागि सामाजिक सेवामा सक्रिय रहँदै अाएकि छिन स्नातक तह अध्ययन गर्दै गरेकि तिर्थमाया विगत केही बर्षदेखि गाउमै निजि तहको बिद्यालय मा अध्यापन समेत गर्दै अाएकि थिईन ।
सुनारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले उपमेयर का लागि सर्वसम्मत उमेदवारी दिएपछि हाल निर्वाचन मा होम्मिएकि छिन उनै तिर्थमाया सुनार संग रैकवार खबर राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक धनबहादुर बिस्वकर्मा ले संक्षेपमा गरेको कुराकानी को सारांस :
# नमस्कार सन्चै अारामै हुनुहुन्छ ?
:- हजुर नमस्कार म सन्चै अारामै छु ।
# राष्ट्रिय प्रजातन्त्र पार्टीको उपमेयर जस्तो पदमा उमेदवारी पाउनुभयो कस्तो लागिरहेको छ ?

:- राष्ट्रिय प्रजातन्त्र पार्टी जनताको पार्टी हो , जनताको सेवा गर्नका निमित्त पार्टीले मलाई योग्य ठानेर उमेदवारी दिएको छ पार्टीका अग्रज नेता ज्यु तथा शुभचिन्तक हरूलाई धन्यवाद दिन चाहन्छु ।

# यो निर्वाचनलाई कसरी बुझ्नुभएको छ ?

:- यो निर्वाचन पाँच – पाँच बर्षमा अाउने र जनता द्वारा निर्वाचित जनप्रतिनिधि हरूले जनताको हरेक समस्या एबं पिरमर्का मा साथ दिने र राज्यबाट प्रदान गरिने सेवासुविधा जनताको घरदैलोमा सहज ढङ्गले जनताले प्राप्त गर्ने अवसरको रूपमा लिएकि छु ।

# तपाईंको उमेदवारी के का लागि हो ?

:- मेरो उमेदवारी जनताले तिरेको कर को सहिरूपमा सदुपयोग गर्नु र जनताकै अावस्यक्ता तथा चाहनाअनुसार रकमको दुरुपयोग नगरि विकास निर्माण मा विनियोजन गर्ने , धनी र गरिब को अन्त्य गर्दै बेरोजगार युवाहरूलाई रोजगारी को वातावरण सृजना गर्ने , समाजमा जकडिएर रहेको जातीय विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माण का लागि सबै संग समन्वकारी भुमिका निर्वाह गर्ने , महिला हिंसा , बाल हिंसा , किशोरी तथा महिला बलात्कार जस्ता जघन्य अपराध नियन्त्रणका लागि कानुनी परामर्श लिएर दोषीलाई कार्वाही एबं उनिहरूलाई स्वतन्त्र रूपमा बाच्न पाउने वातावरण सृजना गर्ने , नगरमा बसोबास गर्ने अपांगहरूलाई अपांग मैत्री , बालमैत्री नगर बनाउने तर्फ जोड दिने लगायत बिषयमा मेरो सक्रियता रहने छ ।

# अन्य ठुला दल संग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ र तपाईंको जित्ने अाधार के छ ?

:- हामिसंग अन्य पार्टीको जस्तो अार्थिक चलखेल तथा प्रसस्त खर्च गर्न सक्ने क्षमता नभएपनि हामिले मन्दिरमा गएर कसम खाएका छौ , जनप्रतिनिधि भईसकेपछी जनताले तिरेको पसिनाको कमाईबाट एक रूपैया पनि लिने छैनौ यदि लिएको खण्डमा अाफ्नो अामाको रगत खाने सरह हुनेछ भनी सामुहिक रूपमा कसम खाएर मात्रै उमेदवारी दिएका छौ ।
यहि मुलमन्त्र लिएर जनताको घरदैलोमा जानेगरेका छौ । जनताले पत्यानुभयो भने यसपटकको निर्वाचन मा हाम्रो जित अवस्य हुने बिस्वास लिईकि छु ।

# जनताको सेवा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नै किन रोज्नुभयो ?

:- पछिल्लो समय देशमा स्थापित ठुला दलहरू ले पद र सत्ताका लागि अत्यन्तै फोहोरी खेल खेलिरहेका छन , जनताले तिरेको करको दुरुपयोग भईरहेको छ , विनियोजित बजेटको ५० प्रतिशत बजेट पनि जनता र विकासका पक्षमा परिचालन गरिएको छैन यो सबैलाई थाहा भएकै कुरा हो , देशमा भ्रष्टाचारी मौलाउदै गएको छ , न धर्म छ न ससंकार छ सत्ताका लागि गुटबन्दी भन्दा अरू केही छैन , समृद्धि को नारा मात्रै लगाईन्छ तर दिनहुँ हत्या हिंसा नारी बलात्कार , बालश्रम , मानवबेचबखन , सिमा अतिक्रमण जस्ता राष्ट्रिय अहितका बिषयले प्रसय पाउदै अाएको छ , शाहि सरकार को पालामा एउटामात्र राजा थिए तर अहिले देशमा धेरै राजाहरू जन्मिएका छन अत: यदि सरकार मा हाम्रो पँउच हुन सक्यो भने हामी देशलाई भ्रष्टाचार मुक्त बनाउछौ । जनताले ठुला दलका क्रियाकलाप बुझिसकेका छन र जनताले हाम्रो पार्टी लाई मनदेखी माया गरेका छन त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टी रोजेकि हुँ ।
# स्थानीय सरकार मा गईसकेपछि तपाईंको पार्टी र स्वंय तपाईंको पहिलो काम के हुन्छ ?
:- सबैभन्दा पहिला अघिल्लो सरकार प्रमुख तथा कार्यपालिका ले गरेका विकासे कार्यक्रम को लेखाजोखा हेर्ने र नगरपालिका लाई पुर्णतया भ्रष्टाचार मुक्त नगर बनाउने , गरिबीको रेखामुनि रहेका परिवारलाई माथि उकास्न अार्थिक क्रान्ति का कार्यक्रम ल्याउने , न्यायपालिकालाई बलियो बनाउने , निशुल्क शिक्षा तर्फ जोड दिने जस्ता बिषय मा मेरो मुख्य भुमिका रहने छ ।
# अन्तमा केही सन्देश दिन चाहनुहुन्छ ?
:- देशमा लोकतन्त्र र गणतन्त्र अाएको दुई दशक हुन लाग्यो तर अहिलेसम्म पनि जनताले सुख शान्ति र समृद्धि को अनुभूति गर्न पाएका छैनन । अहिलेसम्म जनताले अाफुले मनमा लागेको कुरा बोल्न पाएका छैनन , देशमा कानुनी राज्य प्राय शून्य हुँदै अाएको छ ।बेरोजगारी ले लाखौंलाख युवाहरू बिदेसिएका छन । पँहुच भएकाले शक्तिको अाडमा देशलाई लुट्न सम्म लुटेका छन । यी गलत तत्वहरूबाट छुटकारा बनाउन र देशलाई भ्रष्टाचार मुक्त देश बनाउन का निमित्त सम्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply