नेकपा एमाले पुनर्वास मेयर पदका उमेदवार पुजाराले सार्वजनिक गरे १४ बुँदे घोषणापत्र

धनबहादुर बिक
कञ्चनपुर १७ बैसाख स्थानीय निर्वाचन मिति नजिकिँदै गर्दा जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा पनि चुनावि रौनकता झल्किन थालेको छ । राजनिती दल र दलका कार्यकर्ताहरू ले घरदैलो अभियानलाई तिब्रता दिँदै अाएका छन । नेकपा एमालेको बर्चस्व रहेको पुनर्वास मा नेकपा एमाले मेयर पदका उमेदवार पदम पुजाराले १४ बुँदे घोषणापत्र जारी गरेका छन । गत चारदिनदेखी नियमित घरदैलोमा रहेका पुजाराले अाफुले घोषण गरेका प्रतिबद्धता चुनावि नारामा मात्रै सिमित नभएर पुरा गरि छाडने बताएका छन ।

जनताको अमुल्य अभिमतबाट निर्वाचित भईसकेपछि जनताकै सेवामा खट्टिने प्रतिबद्धता उनले व्यक्त गरे ।
अाफु नगर प्रमुखमा निर्वाचित भईसकेपछि स्थानीय तहबाट अाफुले पाउने सम्पूर्ण सेवा सुविधा बाट अक्ष्ययकोष स्थापना गरि नगरपालिका भित्र का अति विपन्न , जेहेन्दार , दलित बिध्यार्थिहरूको शिक्षामा लगानी गर्ने प्रतिबद्धता पनि उनले गरेका छन ।
१)सत प्रतिशत साक्षारता घोषणा गर्न आमा शिक्षा कार्यक्रम सन्चालन गर्ने,
२)सुत्केरी आमाहरुको लागि सुत्केरी पोषण झोला कार्यक्रम ल्याउने,
४) एकल महिलाहरुको लागि जिबिकोपार्जन कार्यक्रम सन्चालन गर्ने,
५)आमा समूह गठन तथा परिचालन गरि आमाहरुको माग र आवस्यकता अनुसार विभिन्न सीप बिकास तालिम सन्चालन गरि बिउँ पूंजी अनुदान प्रदान गरि ब्यवसायी /उध्यमी बनाउने!
६) उपभोक्ता समितिमा आमा /महिलाहरुको अर्थपूर्ण नेतृत्वमा गठन गरि सम्झौतामा १००% छुट दिने
७) आमाहरुको स्त्री रोग तथा पाठेघर सम्बन्धि समस्या गाउँ मै भिडियो स्कृनिङ सहितको स्वास्थ्य शिबिर सन्चालन गरि निशुल्क अप्रेसन / उपचार गराउने
८)आमा/ महिला सहकारी बनाई आमाहरुले उत्पादन गरेको कृषिजन्य उत्पादन खरिद गरि बजारिकरण गर्ने
९) गर्भवती आमा स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्ने
१०)बिकासमा महिला,समृद्धिमा पहिला कार्यक्रम सन्चालन गर्ने
११)हिंसामा परेको महिलाहरुलाई उद्दार ,कानुनी सहयोग तथा महिला संरक्षण कोष सन्चालन गर्ने
१२)न्यायमा महिलाको सरल पहुँचको लागि महिला सहायता कक्ष सन्चालन गर्ने,
१३)स्वच्छ भान्छा स्वस्थ जीवन कार्यक्रम सन्चालन गर्ने
१४)उत्कृष्ट ब्यवसायी आमा / महिलालाई सम्मान गर्ने
लगायतका थुप्रै अनसिन कार्यक्रमहरु सन्चालन गरि दुरदराजमा रहेका आमा/ महिलाहरुको नेतृत्व बिकास,मुल प्रबाहिकरण र आर्थिक सशक्तीकरणमा बिशेश जोड दिनेछु,,
यी माथीको काम पूरा गर्न तपाईंहरुको अमुल्य मत सुर्य चिन्हमा मतदान गरि मलाई प्रमुख पदमा जिताउन हार्दिक अपिल!
साथै सात सुर्य साथ छाप लगाइ नेकपा एमालेको सम्पुर्ण टिमलाई बिजयी गराउन अनुरोध छ।
कोहि आमा रुन नपरोस् आमाको मुख हेर्ने दिनको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply