नेकपा माओवादी केन्द्र कृष्णपुर मेयर पदका उमेदवार चौधरीले सार्वजनिक गरे ४० बुँदे घोषणापत्र

कञ्चनपुर १८ बैसाख स्थानीय निर्वाचन मिति नजिकिँदै गर्दा जिल्ला कञ्चनपुरको कृष्णपुर मा चुनावि रौनकता झल्किन थालेको छ । राजनिती दल र दलका कार्यकर्ताहरू ले घरदैलो अभियानलाई तिब्रता दिँदै आएका छन ।
नेकपा माओवादी केन्द्रको बर्चस्व रहेको कृष्णपुर मा नेकपा माओवादी केन्द्र मेयर पदका उमेदवार जाेगराज चौधरीले ४० बुँदे घोषणापत्र जारी गरेका छन ।

गत ५ दिनदेखी नियमित घरदैलोमा रहेका चौधरीले आफुले घोषण गरेका प्रतिबद्धता चुनावि नारामा मात्रै सिमित नभएर पुरा गरि छाडने बताएका छन । जनताको अमुल्य अभिमतबाट निर्वाचित भईसकेपछि जनताकै सेवामा खट्टिने प्रतिबद्धता उनले व्यक्त गरे ।


आफु नगर प्रमुखमा निर्वाचित भईसकेपछि स्थानीय तहबाट आफुले पाउने सम्पूर्ण सेवा सुविधा बाट अक्ष्ययकोष स्थापना गरि नगरपालिका भित्र का अति विपन्न , जेहेन्दार , दलित बिध्यार्थिहरूको शिक्षामा लगानी गर्ने प्रतिबद्धता पनि उनले गरेका छन ।

१ शिक्षा – माध्यमिक तह निशुल्क ,सिपमुलक ,प्रबिधि मैत्री , बाल मैत्री ,बैज्ञानिक शिक्षा , दोहोरो प्रणाली अन्त्य ,बहुप्रबिधिक शिक्षालय ,सस्कारिक शिक्षा ,सुयोग्य नागरिक उत्पादन , अध्यन ज्ञान का लागि ज्ञान सिप का लागि सिप श्रम का लागि श्रम समृद्धि का लागि समृद्धि राष्ट्र का लागि अभिभावक संग बिद्यालय ्रएक वडा एक नमुना विद्यालय, एक विद्यालय एक बस कार्यक्रम संचालन गरिने छ ।्र
२ स्वास्थ्य – २५ सैय को नगर अस्पताल,दक्ष जनशक्ति को ब्यबस्थान आधुनिक उपकरण जडान ,आयुर्वेदिक केन्द्र संचालन सम्बर्धन ,वर्षमा २ पटक स्वास्थ सिबिर ,प्रत्येक नागरिक लाई स्वाथ्य बिमा प्रत्येक वार्डमा स्वास्थ्य केन्द्र स्थापना ,महिला स्वास्थ्य मा बिशेस जोड दिइनेछ ।
३ कृषि – ब्यबसायिक कृषि मा जोड ,कृषि ब्mदगबिलअभ , एक बेक्ती एक अनुदान , आर्गानिक गाउ निर्माण,कृषि तथा पशुपालन बिमा ,कृषि उपज भण्डारण को लागि कोल्ड स्टोर निर्माण गरिनेछ ।
४ भुमि – भूमिको खण्डीकरणमा रोक ऐलानी जमिन नाप नक्सा गरी लालपुर्जा वितरण , सिबिर का जमिन को १० बर्षे हद बन्दी हटाई व्यक्तिगत स्वामित्व र सरकारी प्रयोजन का लागि अधिकार दिने ,सेतो पुर्जा फुकुवा गरिनेछ ।
५ रोजगार – एक घर एक स्वरोजगार , रोजगार केन्द्र स्थापना , मजदुरहरुको सूचीकरण गरी स्वास्थ्य बिमा गरिनेछ ,बेरोजगार युवालाई रोजगार प्रदान गर्ने गरीनेछ ।्र
६ सडक तथा पुल – मूल सडक,कृषि सडक ,ढल निकाश हुलाकी मार्ग कालोपत्रे गरिनेछ ।
७ धर्म सस्कृति – भाषिक संग्रालय ,बनदेबी ग्वासी समैजी , कृष्ण प्रणामी धाम ,गौरा देबी मन्दिर, थप स्तोउन्नती गरिनेछ्र ।
८ उद्योग – स्थानीय कच्चा पदार्थ लाई खपत हुने साना तथा मजौला उद्योग मा जोड दिइने छ ।
९ बन तथा पर्यटन – बन लाई स्थानीय संग जोडेर आयआर्जन को बाटो खुलाईनेछ ।
१० चुरे छेत्र – क्ष्भ्भ् गरी अबैध उत्खनन नियन्त्रण गरिनेछ ।
११ दलित – छुवाछुत मानवता विरुद्धको अपराध मानिनेछ ,समाज मा सम्मान जनक उपस्थिती का लागि विशेष कार्यक्रम लागु गरिनेछ ।
१२ थारु ,जनजाती – भलमन्सा ऐन बनाई सेवा सुबिधा प्रदान गर्ने ,कलस्टर हेरी नमुना बस्ति ,होमिस्टे संग्रालय संचालन गरिनेछ ।
१३ महिला – पुरुष सरह ५०% अधिकार को गरेन्टी महिला पुरुष बीच भेदभाव को अन्त्य गरिनेछ महिला लाई ज्ञान,सिप तालिम प्रदान गरी स्वरोजगार सम्बन्धि कार्यक्रम लागु गरीनेछ ।
१४ सुकम्बासी ,मुक्तकमैया – सुकम्बसी ,मुक्तकमैया हरुका लागि एकीकृत बस्ती बिकास रोजगार को ग्यारेन्टी गरिनेछ ।्र
१५ अपाङ्ग –सिप र क्षमता अनुसारको काम काम को ग्यारेन्टी गरिनेछ ्र
१६ सिचाई – साना सिचाई ,मझौला सिचाई दीपट्युबेल ,स्वलो टुबेल कार्यक्रम लागु गरिने छ ।
१७. नदि नियन्त्रण – जोखिम हेरी गुरुयोजना बनाई नियन्त्रण गरिनेछ ।
१८ सेब हाउस – बालआश्रम,बृद्धआश्रम ,पिडित का लागि शिक्षा स्वास्थ्य ,गास बास कपास र रोजगार को ग्यारेन्टी गरिनेछ ।
१९ भाषा सस्कृति – मौलिक भाषा थारु ,राना,डोटेली ,अछामी ,बैतडी ,दार्चुला ,बाजुरा ,बझांग सम्बर्धन गरिनेछ ।
२० छाडा चौपाया – व्यवस्थित पशु आश्रम , नस्ल सुधार ,दुग्ध बिकाश गरी आय आर्जन को बाटो अपनाईनेछ्र ।
२१ कर – दोहोरो कर प्रणाली अन्तय ,एकद्वार प्रणाली लागु गरिनेछ ।
२२. उर्जा – बैकल्पिक उर्जा लाई प्रोत्साहान गर्ने ,एक गृहेणी एक विद्युतीय चुलो दिईनेछ ।
२३ शुसासन – मेयर संग जनता कार्यक्रम ,प्रत्येक वार्ड मा सुझाब ÷उजुरी पेटिका राखिने , सार्बजनिक स्थान मा ऋऋत्ख् क्यामरा जडान गरिने छ , नगर भित्र रहेका सरकारी सवारी साधन मा न्एक् जोडी अनुगमन ,नियन्त्रण गरिनेछ ,नगर का अधिकतम सेवा लाई घर बसी बसी यलष्लिभ मोडेल गरी छिटो छरितो व्यवस्थित गरिनेछ ।
२४ खेलकुद ÷युबा – चाहनाअनुसार को खेल , सुबिधा सम्पन्न खेल मैदान ,मेयर संग खेलाडी कार्यक्रम गरिनेछ ।
२५ सूचना प्रबिधि – सार्बजनिक स्थल मा उगदष्अि ाचभभ धषष् राखिनेछ ,सूचना प्रबिधि लाई आम नागरिक को हात हात मा पुराउने कार्यक्रम गरिनेछ ।्र
२६. बृद्ध – ध्यान केन्द्र ,तिर्थ यात्रा ,घर घर मा बृद्ध भत्ता उपलब्ध गरईनेछ ।
२७. फोहोर ब्यबस्थापन – जैविक र अजैविक फोहोरहरु लै एकीकृत फोहोर ब्यबस्थापन उपाय गरिनेछ्र ।
२८. वित्तीय पहुच – सहकारी ,बैंकहरुलाई थप व्यवस्थित गर्ने एक नागरिक अनिवार्य एक बैंक खाता कार्यक्रम ल्याईनेछ ।
२९ मधिरा नियन्त्रण – निश्चित समय र ठाउ अनुसार बिक्रि वितरणग,अनुगमन नियमन,गरिनेछ ।
३० एकल महिला – ससम्मान सामाजिक बाताबरण ,सिपमुलक तालिम रोजगार उपलब्ध गरईनेछ ।
३१ द्वन्द पिडित –जनयुद्ध ,जनआन्दोलन का सहिद ,घाइते ,अपाङ्ग ,बेपत्ता परिवारहरुलाई बिशेष सम्मान सहित प्याकेज कार्यक्रम गरिनेछ ।
३२ हरित नगर – पर्यावरण लाई स्वच्छ ,आकर्षक बनाउन नगर भरि मूल सडक ,चोक,पाटि पौवाहरुमा मा वृक्षारोपण गरिनेछ ्र
३३ पर्यटन – अन्तरिक तथा बाहिरका पर्यटक का लागि पिगनिक स्थान ,सिस्ने सिमसार क्षेत्र , बन्देबी ,गडबिजुल ,ग्वासी समैजी ,सयपत्री मा गुरु योजनातयार गरि लागु गरिने छ ्र
३४ भ्रस्टाचार – शुन्य सहसिलता को नीति अपनाई भ्रस्टाचार मुक्त नगर गरिनेछ ्र
३५ महोत्सब – उत्कृस्ट किसान ,कर्मचारी,स्वयमसेवक ,शिक्षक ,बिधार्थी ,मजदुर,सामजिक अभियन्ताहरुलाई बार्षिक रुप मा सम्मान र प्रोत्सान गरिनेछ ्र
३६ बौदिक बैंक – कृष्णपुर भित्र को समग्र बिकाश को लागि यस क्षेत्र मा रहेका विभिन्न वर्गहरु लाई समाबेश गरेरे आत्मनिर्भर तिर उन्मुख गर्ने ्र
३७. दमकल – नगर बासीहरुको आगलागी बिपत ब्यबस्थान को लागि दमकल राखीने छ ्र
३८ शव बाहन – शव बाहन निसुल्क उपलब्ध गरिनेछ ्र
३९ पुस्तकालय –एक वार्ड एक सार्बजनिक पुस्तकालय निर्माण गरिने छ ्र
४० शान्ति सुरक्षा – नगर प्रहरी भर्ना गरी नगरको शान्ति सुरक्षा र भौतिक पुर्बाधार मा परिचालन गरिने छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply