बेलौरी नगरपालिकालाई समृद्ध र आदर्श नगर बनाउने योजनासहित मेरो उमेदवारी : कमला बोहरा

धनबहादुर बिक
बेलौरी कन्चनपुर सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका मा स्थानीय तहको मेयर पदमा महिला नेतृ कमला बोहरा उमेदवार रहेकि छिन । उनी यसअघि भूमिसम्बन्धी समस्या समाधान गर्न बनेको आयोग कञ्चनपुरकी अध्यक्ष समेत रहेकि हुन । एमाले केन्द्रीय सदस्यसमेत रहेकी बोहरा कञ्चनपुर जिल्ला सहइन्चार्ज हुन् । बेलौरी नगरपालिका प्रमुखको उम्मेदवार बनेर प्रचारप्रसारमा जुटेकी बोहराले आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसलाई लिएकी छन् । बोहरा बेलौरी नगरपालिकालाई समृद्ध नगर बनाउने योजनासहित मतदातासमक्ष पुगिरहेकी छन् ।

कस्ता छन् उनका योजनाहरू ? के छ जितको आधार ? प्रस्तुत छ मेयर उम्मेदवार कमला बोहरासँग गरिएको कुराकानी –
तपाई के कस्ता एजेन्डा बोकेर घरदैलो अभियान गरिरहनु भएको छ ? स्थानीय तहको निर्वाचन भएको हुँदा स्थानीय एजेन्डाहरू लिएर जनताको घरदैलोमा पुगिरहेका छौं । उहाँहरूको दैनिकी जनजीविकाका कुराहरूलाई प्राथमिकता दिएर अघि बढेका छौं । उहाँहरूको समस्या बुझिरहेका छौं ।

बेलौरी नगरपालिकालाई कसरी समृद्ध बनाउने, कसरी सुन्दर गराउने, यहाँको विकास निर्माणको कुरालाई कसरी अगाडि बढाउने भन्ने योजना लिएर घरदैलो अभियान सुरु गरेका छौं ।

एकदमै सकारात्मक अपेक्षा पाइरहेको छु । बेलौरी नगरपालिकाको लागि म एउटा पहिलो महिला उम्मेदवार पनि हो । मुलुकमै धेरैभन्दा धेरै पुरुषहरूले नै प्रतिनिधित्व गरेको ठाउँमा मैले पहिलो पटक दाबी गरेको छु । उहाँहरू पनि हाम्रो प्रतिनिधित्व हुन थालेको भन्दै उत्साहित पनि हुनु भएको छ ।

पढेलेखेको मान्छेले भोलि राम्रो काम गर्न सक्नुहुन्छ भन्दै हामीलाई थप ऊर्जा पनि दिइरहनुभएको छ । अर्काे कुरा, अहिलेसम्म भ्रष्टाचार, अनियमिततालगायत कुनै पनि दाग लागेको छैन । जनताको माझ यतिको मान्छे आउँदा बेलौरी नगरपालिकाको मुहार फेरिन्छ भन्ने विश्वास लागेको छ ।

आफ्नै पार्टी भित्र आन्तरिक किचलो छ चुनाव जित्न समस्या हुँदैन ?
त्यस्तो मलाई लाग्दैन । पार्टीभित्रको प्रतिस्पर्धा भन्ने कुरा क्षणिक हो । अहिले हामी एउटा सामूहिक मुद्दा लिएर अघि बढिरहेका छौं । पार्टीभित्रको किचलो पार्टीभित्रै होला । तर, यो जनताको मन जित्ने कुरा हो । जनतालाई जनताको मालिक बनाउने कुरा हो । हिजो टिकट नपाउँदासम्म पार्टीभित्र केही समस्या थियो होला । त्यो सामान्य हो । अब टिकट पाइसकेपछि हामी एक भएर अघि बढ्ने कुरामा लागिरहेका छौं । चुनाव जित्ने गरी हामी जनतासामु गइरहेका छौं ।

– मैदानमा हुनुहुन्छ । उत्साह उमङ्ग छ कि चुनौती ?गठबन्धनले बेलौरी नगरपालिकामा कुनै असर पर्दैन । हामी बलियो अवस्थामा छौं । नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवारी दिएको छ । माओवादी केन्द्रको पनि छुट्टै उम्मेदवार छन् । हामी सबै एक्लाएक्लै अगाडि बढिरहेका छौं ।
जित्ने आधार के ?

अहिले म पूर्ण विश्वस्त छु । यहाँका जनताप्रति मलाई पूर्ण विश्वास छ । बेलौरी नगरपालिकाको जनताको आधारभूत समस्या समाधान गर्न म सक्छु भन्ने उहाँहरूलाई पनि थाहा छ । सबै प्रकारका विभेदको अन्त्य गर्न सक्छु । यहाँका सबै प्रकारका समस्याहरू सम्बोधन गर्न म तयार छु । सबै वर्गलाई समेटेर उहाँहरूको प्रतिनिधित्व हुने गरी मैले काम गर्न सक्छु भन्ने कुरा पनि उहाँहरूलाई थाहा छ ।

पहिले जितेको नगर प्रमुखले यहाँको बारेमा धेरै काम गर्न नसकेको कुरा सबैलाई थाहा छ । यहाँको विकासको सन्दर्भमा उहाँले काम गर्न नसकेको कारणले गर्दा र अर्काे उम्मेदवार पनि कमजोर भएको हुँदा मैले जित्ने कुरामा कुनै द्विविधा नै छैन । हाम्रो पार्टीका सङ्गठित सदस्यहरू पनि बढिरहेका छन् । त्यो कारणले पनि विजयी हुन्छु भन्ने छ ।

– सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहको प्रमुखमा मात्रै एमालेको तर्फबाट महिला उम्मेदवार हुनुहुन्छ । महिलालाई प्रमुख पदमा दाबी गर्न समस्या हो र ?
चुनौतीका थुप्राहरू धेरै छन् । हामी सामाजिक चुनौतीसँग जुधिरहेका छौं । राजनैतिक चुनौती, पारिवारिक चुनौती पनि कायमै छ । क्षमतालाई बुझेर अब्बल रूपमा आफूलाई स्थापित गर्नु सबैभन्दा ठूलो चुनौती हो जस्तो लाग्छ ।

चुनौतीहरूको बीचमा हामीले अवसर खोज्ने हो र त्यो अवसरलाई आफ्नो व्यक्तिगतभन्दा पनि जनताको हित सोचेर काम गर्दै अघि बढ्नु पर्छ । फेरि यो क्षेत्रमा मात्रै होइन सबै क्षेत्रमा चुनौती छन् । ती चुनौतीहरूलाई डटेर सामना गर्नुपर्छ ।

हिजोको दिनमा पनि धेरै चुनौतीहरू थिए । पहिलो कुरा परिवारबाट बाहिर निस्किन नै ठूलो चुनौती थियो । अब चाहिँ हामी सशक्त ढङ्गबाट नेतृत्वमा स्थापित भइसकेका छौं । आएका चुनौतीहरूलाई चिर्ने कुरामा हामी प्रतिबद्ध छौं । चुनौतीसँग लडेर अघि बढ्ने कुरामा पनि हामी तयार छौं ।

तपाईंको प्रतिस्पर्धी को हो ?

अहिलेको अवस्थामा नेपाली कांग्रेससँग मेरो प्रतिस्पर्धा हुने आँकलन गरेको छु । नेकपा माओवादी उम्मेदवार पुरानै हुनुहुन्छ । त्यसैले अबको प्रतिस्पर्धा कांग्रेस नै हुनु पर्छ । मलाई लाग्छ बेलौरीमा जनताले नयाँ मुहार खोजीरहेका छन् ।

– बेलौरी नगरपालिकालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
सबैभन्दा पहिले बेलौरी नगरपालिकालाई एउटा सुन्दर आदर्श नगरपालिकाको रूपमा स्थापित गर्न म लागिपर्नेछु । समृद्ध नगरपालिका स्थापित गर्ने छु । नगर विकासको गुरुयोजना बनाएर दिगो विकासको थालनी गर्ने कुरामा मैले जोड दिने छु ।
सामुदायिक विद्यालयमा आधारभूत तहसम्म अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्ने छु । माध्यमिक तहको शिक्षालाई निःशुल्क, जीवनोपयोगी र गुणस्तरीय बनाउने कुरामा मैले जोड दिने छु ।

स्वास्थ्यको क्षेत्रमा प्रत्येक वडामा एउटा एम्बुलेन्स, प्रत्येक वडामा महिलामैत्री अस्पताल बनाउने सपना छ । बेलौरी नगरपालिका भौगोलिक रूपमा धनगढी र महेन्द्रनगरबाट टाढा रहेको छ । स्वास्थ्यसँग जोडिएका समस्याहरूमा धेरै मान्छेको अस्पताल नपुग्दै बाटोमै ज्यान जाने अवस्था छ ।

सबै सुविधायुक्त भएको ५० शय्याको राम्रो अस्पताल बनाउने सपना छ । ज्येष्ठ नागरिकहरुको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply