पछाडि पारिएका बर्ग समुदायको बिकासमा विशेष निति तथा कार्यक्रम ल्याउँछौ : राज्यमन्त्री रैका

 

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका लाई धनगढी उपनगरपालिकाको जुगेडा र फुलबारीमा भब्य स्वागत, सम्मान सहित अभिनन्दन गरिएको छ ।
दलित एंव पछाडि पारिएको बर्ग समुदायको नेतृत्व गर्दे राज्यको नीति निमार्ण उच्च तहमा पुग्न सफल भएको भन्दै धनगढी उपनगरपालिकाका जुगेडा र फुलबारीका स्थानीयबासीहरुले राज्यमन्त्री रैकालाई बधाई सहित सम्मान गरेका हुन ।
कार्यक्रममा राज्यमन्त्री रैकाले दलित, सिमान्तकृत एंव पछाडि पारिएको बर्ग समुदायको पक्षमा अाफूले थुप्रै काम गरेकोले अागामी दिनहरुमा बिशेष निति तथा कार्यक्रम योजनाका साथ ईमानदारीताका साथ कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र बहादुर टेलरले राज्यमन्त्री रैका हाम्रा अभिभावक अग्रज नेता भएको बताउदै उहाँ अाज यो स्थानमा पुग्न सफल हुनु ,हाम्रा लागि ऐतिहासिक अवसर गौरबको कुरा भएको बताउनु भयो ।
कार्यक्रममा सामाजिक अभियन्ता दिर्घ सिँह बिक,बरिष्ठ पत्रकार मनमोहन स्वार, लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

यस क्रममा राज्यमन्त्री रैकाले स्थानियबासी,जनप्रतिनिधिहरुसंग स्थानीय समस्या,सवाल,र विकास निमार्ण सम्बन्धि छलफल र अन्तरक्रिया समेत गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply