बेलौरीमा समाजवादी का ७५ प्रतिशत कार्यकर्ता सहित बिभिन्न पार्टिबाट करिब १२ सय कार्यकर्ता एमाले मा प्रवेश

धनबहादुर बिक
कञ्चनपुर, स्थानीय निर्वाचन अाउन एक साता मात्रै बाँकी रहँदै गर्दा कञ्चनपुर को बेलौरीमा नेकपा एमाले को बिसाल जनसभा कार्यक्रम को अायोजना गरिएको छ । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा अोलीको प्रमुख अातिथ्यमा अायोजना गरिएको विशाल जनसभामा एकीकृत समाजवादी पार्टी बेलौरीका ७५ प्रतिशत कार्यकर्ता सहित नेकपा माअोवादी केन्द्र , नेपाली काङ्ग्रेस गरि करिब १२ सय बढी कार्यकर्ता नेकपा एमाले मा प्रवेश गरेका छन ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका लागि सत्ताधारी नेपाली काँग्रेसले ल्याएको घोषणा पत्रमा एमालेलार्ई गाली मात्रै रहेको बताएका छन । बिहीबार कञ्चनपुर बेलौरी खुला मञ्चमा एमालेको चुनावी जनसभा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले काँग्रेसको घोषणा पत्रमा एमालेलाई गाली मात्रै रहेको बताएका छन । एमालेको घोषणा पत्रमा चुच्चे नक्सा सहितको विषय छन, तर काँग्रेसको घोषणा पत्र गाली पत्र मात्रै भएको टिप्पणी गरेका छन । पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आउँदो निर्वाचनपछि एमालेको सरकार बन्ने बताउनुभएको हो । एमालेको पक्षमा जनलहर बढिरहेको भन्दै ओलीले आगामी निर्वाचनमा एमाले संघीय सकार बनाउने हिसाबले जित्ने ठोकुवा गरे ।

ओलीले स्थानीय निर्वाचन मा एमालेले ५२ प्रतिशत महिलाले उठाएको बताए । ‘महिला दिदिबहिनी खुसी हुनुपर्छ, ‘ओलीले भने, ‘प्रमुख, उपप्रमुखमा एमालेले महिला अघि सारेको छ ।’ ‘नगरपालिका र गाउँपालिकामा तपाईका पार्टीअध्यक्ष पुगेका छन, ‘ओलीले भने, ‘त्यसभन्दा बढि अरु के हुनसक्छ ।’
ओलीले सरकारले चुनावकै बेला आचार संहिता लागु भएका बेला सरकारले भूमि आयोगले काम गरेको भन्दै रोक्नुनपर्नेमा जोडदिए । ‘सीमाका समस्यामा एमाले सरकार मात्रै बोल्छ, ‘ओलीले भने, ‘०१८ सालमा महेन्द्र राजाले भारतलाई दिएको भूमि फिर्ता गरेर दार्चुलामा बिओपी स्थापना गर्यो ।’ अध्यक्ष ओलीले एमालेबाट चोईटिएर गएको समाजवादी तर्फ लक्षित गरेर ब्यङग गर्दै एमाले लाई टर्च बालेर खोज्नुपर्ने भयो भन्ने समाजवादी ले एमाले को जनलहरलाई पावरवाला चस्मा लाएर हेर्न सुझाउनुभयो , स्थानीय निर्वाचन पछि उनिहरूलाई नै टर्च बालेर खोज्नुपर्ने अवस्था अाउने बताए कार्यक्रम को अधिकांस समय माओवादीलाई गाली गर्न केन्द्रीत रहे ।


ओलीले कञ्चनपुरको सीमा र आरक्षपीडितका समस्या समाधान गर्ने आवश्वासन दिनुभयो । एमाले बाहेक आम सभा गर्ने अरु पार्टी नभएको बताउदै उनले कञ्चनपुरका एमाले उम्मेदवार जिताउन आब्हान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply