एमालेमै फर्किए शुक्लाफाँटा -७ का स्वतन्त्र उम्मेदवार

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका वडा नं–७ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार एमालेमै फर्किएका छन् । टिकट वितरणमा असन्तुष्ट भएर उनीहरु स्वतन्त्र स्वतन्त्र उम्मेदवार भएका हुन् । एमालेसँग असन्तुष्ट भएपछि १ जना वडा अध्यक्ष र २ जना सदस्यमा उम्मेदवार भएका थिए । खरायो चुनाव चिह्न लिएर घरदैलो अभियान समेत गरिसकेका तिनै जनाले अबदेखि सूर्य चिह्नमा मत माग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वडा हध्यक्ष पदमा उम्मेदवारी दिएका राम बहादुर ठगुन्ना र सदस्यद्वय दल बहादुर मडै र पुरन डगौँरा पुनः एमालेमै फर्किएका छन् । एमालेबाट वडा नं–७ मा प्रताप धामी उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply