बैदेशिक रोजगारमा जानेहरुको लागि विशेष निती ल्याउछौँ : राज्यमन्त्री रैका

 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले प्रदेश सरकारले रोजगारीका शिलसिलामा विदेशमा रहेका सुदूरपश्चिमेली नागरिकहरूको अधिकार,समस्या र सवाललाई बैदेशिक रोजगार निती मार्फत संवोधन गरिने बताउनु भएको छ । धनगढीमा मानव अधिकार आयोगले भारतमा श्रम गर्न जाने नेपाली श्रमिकको मानव अधिकारको अवस्थाको बारे आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यमन्त्री रैकाले सो कुरा बताउनु भएको हो । “सुदूरपश्चिमका भारत गएका अभिकांस मानिस भारतमा छन् । प्रदेश सरकारले ति सबै नागरिकहरुको समस्या समाधानका लागि उचित पहल गर्छ । अहिले पुरुष मात्र नभई महिलाहरु समेत रोजगारका लागी भारत गएका छन् , तत्काललाई प्रदेश सरकारले संघीय र स्थानीय सरकार सँग समन्वय गरेर कुन स्थानीय तह बाट को कहाँ गएका छन् विस्तृतमा तथ्याङ्क संकलन गर्न सकिन्छ ।

यस्तै, राज्यमन्त्री रैकाले ठुलो सङ्ख्यमा सुदूरपश्चिमेलीहरु भारतमा रहेको र आफ्नो गाउँ टोल तथा परिवारका व्यक्तिहरू समेत विभिन्न समयमा भारतमा काम गर्न जानु पर्ने बाध्यता रहेको सुनाउँदै आफूले जिम्मेवारी सम्हाली सके पश्चात् अघिल्लो सरकारबाट भए गरेका कमजोरीलाई सुधार्न लागि परेको र अबको आफ्नो बाँकी कार्यकालमा नीतिगत कुराहरू र रोजगारीका सवालमा काम गर्ने बताए ।

“पहिलेको सरकारले कटौती गरेका विभिन्न कार्य योजना तथा जनताका सुविधाका कुराहरू सुधार्ने पुनर्जीवित गर्ने कामहरू अघि बढाएको छु । आफू पदमा हुँदा कानुन निर्माण, रोजगारी, तथ्यगत व्यवस्थापनका लागी लागि पर्ने राज्यमन्त्री रैकाले भन्नुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्याय, राष्टिय मानव अधिकार आयोगका उपसचिव हरि ज्ञवाली, जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी,नेपाल वार एशोसियन कैलाली सचिव प्रेम वहादुर शाही,धनगढी उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक विष्ट,फाया नेपालका धनपति ढुगेल,दलित महिला अधिकार मंचका अध्यक्ष सावित्रा घिमिरे लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम राष्टिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रमुख मोहन जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply