शिक्षा क्षेत्रको बिकासमा अाफूले प्राथमिकता दिने: राज्यमन्त्री टेक बहादुर रैका

 

धनगढी उपमहानगरपालिका वडा नं २ मा रहेको श्री शारदा माध्यमिक बिद्यालय,बैयाँबेहडीको विद्यार्थी भर्ना अभियान तथा निशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रमको सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले शुभारम्भ गर्नुभएको छ । उक्त कार्यक्रममा नवनियुक्त राज्यमन्त्रीलाई बिद्यालयका प्रधानाध्यापक तेज बहादुर सिहँले बधाई तथा सम्मान गर्नुभएको थियोे उक्त अवसरमा राज्यमन्त्री रैकाले सबै बालबालिकालाई बिद्यालयको पहुँचमा ल्याउन जरुरी रहेको बताउदै प्रदेश सरकारले शिक्षा क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेको बताउनु भयो ।


उक्त अवसरमा राज्यमन्त्री रैकाले कक्षा-२ मा अध्यनरत विपन्न बिद्यार्थी छात्रा रेखा जाेशी (नाम परिबर्तन )लाई काखमा लिएर अभिभाकत्व ग्रहण गर्नु भएको थियोे यसअघि राज्यमन्त्री रैका कै पहलमा उक्त बिद्यालयमा ५६ लाखको ३ तले बिद्यालय भवन निर्माण भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply