स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुरको सीमा नाका २७ देखी ३० सम्म बन्द हुने

यही वैशाख ३० गते हुन गई रहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (झ) एवंम् जिल्ला सुरक्षा समिति कञ्चनपुरको निर्णय अनुसार सीमा नाका बन्द हुने भएका छन् ।

यही वैशाख २७ गते राती १२ बजेदेखि यही वैशाख ३० गते शुक्रवार मतदान कार्य सम्पन्न नभएसम्म कञ्चनपुर जिल्ला स्थित नेपाल भारत सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।यसैविच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नियमित सेवा आशिंक रुपमा स्थगित हुने भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका कर्मचारीहरु पनि मतदान केन्द्रहरुमा खटिई जानु पर्ने भएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट प्रदान हुदै आइ रहेका सेवा मध्ये नागरिकता प्रमाणपत्र, नाबालिक परिचयपत्र, पेन्सन, राष्ट्रिय परिचयपत्र, राहदानी तथा अन्य सिफारिस सम्बन्धि कार्य यही वैशाख २७ गतेदेखि ३० गतेसम्म स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply