कृष्णपुरमा महरा पक्राउ :-पिपरैया क्षेत्रबाट काँग्रेस कार्यकर्ता महरा २ लाख २२ हजार ६ सय ८० रुपैया रकम सहित पक्राउ

 

धनगढी :- कृष्णपुर नगरपालिकाबाट मौन अवधिमा पैसा बाँड्न गरेको आरोपमा काँग्रेस कार्यकर्ता पक्राउ परेपछि काँग्रेस नगर समिति र प्रहरीमा दिएको बयान बाँझिएका छन् । कृष्णपुर नगरपालिका ९ राजघाटबाट बुधबार राति १२ : १२ बजे काँग्रेसका कर्यकर्ता महरालाई २ लाख २२ हजार ८ सय ८० रुपैया नगद रकम सहित पक्राउ गरिएको थियो ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा राखिएका महराले आफू धनगढीमा आफन्तको विवाहमा सहभागी हुँदा ढिलो भएपछि राति घरमा पुगेको प्रारम्भिक बयान दिएका छन् । प्रहरीले कर्याालयमा सोधपुपछि उनले धनगढीस्थित आफ्नै डिलरबाट पैसा बोकेर घर आएकाे बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र बहादुर शाहले महराको भनाई उद्धृत गर्दै धनगढीमा उनी विहेमा डिलरको पैसा बोकेर आउँदा ढिलो भएको जानकारी गराएको बताए । ‘धनगढीमा खगेन्द्र भन्नेको विवाह रहेछ, त्यहीं ढिलो भयो, डिलरको पैसा लिएर आउँदा ढिलो भयो भनेर भनेका छन्’ प्रहरी प्रवक्ता शाहले भने,‘अनुसन्धान गरि रहेका छौ, त्यसपछि मात्रै सबै थाहा हुन्छ ।’

 

प्रहरी प्रवक्ता शाहले महरा धनगढीस्थित विवाहमा सहभागी भएको भनिएका खगेन्द्र सम्बन्धी विस्तृत जानकारी भने नभएको बताए । घर आएका महरालाई स्थानीयले आरोप लगाएपछि गस्तीमा खटिएको प्रहरीले पक्राउ गरी ल्याएको प्रवक्ता शाहले बताए ।

काँग्रेसका कृष्णपुर नगर सभापति विष्णु खड्काले भने महरा उधारो रकम अशुलीका लागि कृष्णपुर आएको र कसैलाई पनि रकम नबाँडेको बताएका छन् । ‘पैसा अशुल्न आएका थिए, पक्राउ गरि दियो’ खड्काले भने,‘बदनाम गर्न खोजियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply